हरेक समुदायको अधिकार सुनिश्चित गर्छौ : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो || जनकपुरधाम, २८ फागुन । मुख्यमन्त्री लालबाबु राउतले हरेक वर्ग, लिंग, जाति, समुदायको अधिकार सुनिश्चित गरिने प्रतिबद्धता दोहोर्याएका छन् । अपांगता भएका व्यक्तिहरुको अधिकार विषयक प्रादेशिक सम्मेलनको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री राउतले ऐन कानुन व्यवहारमा नआएकोले समानता कायम हुन नसकेको

२०७४ फागुन २८ सोमबार, बिहान ७:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २८ फागुन । मुख्यमन्त्री लालबाबु राउतले हरेक वर्ग, लिंग, जाति, समुदायको अधिकार सुनिश्चित गरिने प्रतिबद्धता दोहोर्याएका छन् ।
अपांगता भएका व्यक्तिहरुको अधिकार विषयक प्रादेशिक सम्मेलनको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री राउतले ऐन कानुन व्यवहारमा नआएकोले समानता कायम हुन नसकेको जिकिर गरे ।
समाजको समग्र विकासको लागि हरेक वर्ग, लिंग, जाति, समुदायको अधिकार सुनिश्चित हुनुपर्ने उनले बताए ।
ऐन कानुन व्यवहारमा नआएको भन्दै उनले क्षमता भएकाहरु पनि हक अधिकारबाट बञ्चित हुनुपरेको बताए ।
अपांगता भएको व्यक्तिको हरेक समुदायको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध ः मुख्यमन्त्री हक अधिकार सुनिश्चित गर्नको लागि प्रदेश सरकार हरसम्भव प्रयास गर्ने मुख्यमन्त्री राउतले प्रतिबद्धता व्यक्त गरे । हरेक वर्ग, लिंग, समुदाय, जातिको मुद्दाको पहिचान नभएकैका कारण हकअधिकार स्थापित हुन नसकेको उनले बताए ।
सबैको हकअधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै यसमा सहयोगको लागि सबैमा आग्रह समेत गरे ।
राष्ट्रिय मानव अधिकार आयोग जनकपुरधामले आयोजना गरेको प्रादेशिक भेलाको उद्घाटन सत्रमा प्रदेशसभा सदस्य रामअशिष यादवले आवाजविहीनको आवाज बन्नको लागि मानवअधिकार आयोग र संचारकर्मीलाई आग्रह गरेको भनेर आजको न्यूजपेपर दैनिक पत्रिकाको मुख्य पृष्ठमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…