'हनुमान चालिसा' मा ब्रम्हाण्डको यो रहस्य जो वैज्ञानिक २०० वर्षपछि प्रमाणित गरे
हिन्दु धर्मावलम्बीहरुले मर्यादा पुरुषोत्तम भगवान रामको दुत भनेर हनुमानलाई पुज्ने गरिन्छ ।

२०७८ साउन ८ शुक्रबार, बिहान ९:०८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पहिले विज्ञान की पहिले अध्यात्म ? भनेर अहिले पनि चर्चा हुने गरेको छ । अध्यात्म शक्तिलाई पछयाउँदै विज्ञान साबित भएको पनि जिकिर गरिएको छ ।
विश्व विख्यात हनुमान चालिसामा ब्रम्हाण्डको रहस्य वर्णन गरिएको छ । हनुमान चालिसाका लेखन गरेका महात्ममा तुलसी दासले १६ औं शताब्दीमै ब्रम्हाण्डको रहस्य लेखेका हुन भने वैज्ञानिकहरुले २०० वर्षपछि त्यसलाई साबित गरेको हो ।
हिन्दु धर्मावलम्बीहरुले नित्यझैं पढने हनुमान चालिसाको दोहामा एक ठाउँमा ब्रम्हाण्डको जिकिर गरिएको छ । त्यसलाई ब्रम्हाण्डको रहस्यलाई दर्साएको देखिन्छ । हिन्दु धर्मावलम्बीहरुले पुज्ने बजरँगबली (हनुमान) जीको चालिसामा नित्यदिन ब्रम्हाण्डको रहस्यलाई दोहराउने गरिन्छ ।
हनुमान चालिसाको १८ औं श्लोकमा (लाईन) मा रहेको –“युग सहस्त्र जोजन पर भानु, लिल्यो ताही मधुर फल जानु” मा ब्रम्हाण्डको रहस्यलाई वर्णन गरिएको छ ।
हनुमानजीले बालकालमा सूर्यलाई स्याउ जस्तो मधुर फल देखेर निलेको इतिहासलाई हनुमान चालिसमा दर्साएको छ । जसको पहिले युग सहस्त्र जोजन पर भानु लाई वर्णन गरिएको छ ।
यसमा एक युग, एक सहस्त्र, एक जोजन र भानु अर्थात सूर्यको ब्रम्हाण्डको कनेक्सनलाई वर्णन गरिएको छ । तुलसी दासले १६ औं शताब्दीमै लेखेको ब्रम्हाण्डको यो रहस्यलाई वैज्ञानिकहरुले १८ औं शताब्दीमा लेखाजोखा गरी प्रमाणित गरेको देखिएको छ ।
हनुमान चालिसामा ब्रम्हाण्डको रहस्य यसरी
“युग सहस्त्र जोजन पर भानु”
१ युग बराबर १२,००० साल, १ सहस्त्र बराबर १००० साल, १ जोजन बराबर ८ मिल (१ मिल बराबर १.६ किलोमिटर) हुन्छ । त्यस हिसाबले तीनैलाई गुणा गर्दा ९ करोड ६० लाख माईल्स दुरी हुन्छ । जसमा १ माईल बराबर १ किलोमिटर ६०० सय मिटर अर्थात १.६ किलोमिटर भएकोले १.६ ले पुनः ९ करोड ६० लाख माइल्सलाई गुणा गर्दा १५ करोड ३६ लाख किलोमिटर हुन जान्छ ।
जो की पृथ्वी र सूर्यबीचको दुरी हो । यो दुरी वैज्ञानिकहरुले १८ औं शताब्दीमा सूर्य र पृथ्वीबीचको दुरीलाई मापन गरि प्रमाणित गरेको छ भने तुलसी दासले हनुमान चालिसामा १६ औं शताब्दीमै सूर्य र पृथ्वीबीचको दुरीलाई मापन उल्लेख गरिदिएको छ ।
यसरी हनुमान चालिसामा गाइने “युग सहस्त्र जोजन पर भानु, लिल्यो ताही मधुर फल जानु” श्लोकले ब्रम्हाण्डको रहस्य खोलेको छ । हिन्दु धर्मावलम्बीहरुले मर्यादा पुरुषोत्तम भगवान रामको दुत भनेर हनुमानलाई पुज्ने गरिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…