चरम भ्रष्टाचार

बाख्रा वितरणमा चरम भ्रष्टाचार, हेर्नुस् १५ लाख रुपैयाँको यी बाख्राहरु !

समान रुपमा वितरण गर्नु पर्नेमा असामान्य रुपमा बाख्रा वितरण गरिएको कागजपत्रबाट पुष्टि भैरहेको छ ।

२०७८ श्रावण ७ बिहीबार
बिहान ०८:४२ बजे
संजय सहनी, रौतहट

न्यूज ब्यूरो, रौतहट । प्रदेश नम्बर २ को रौतहट जिल्लास्थित एक स्थानीय तहमा खुल्ला भ्रष्टाचारको मामिला बाहिर आएको छ । 

रौतहट जिल्लाको जिल्लाको राजदेवी नगरपालिकामा बाख्रा वितरणको नाउमा व्यापक रुपमा रकमको दुरुपयोग भएको पाइएको छ। 

आर्थिक वर्ष २०७७/०७८ को प्रधानमन्त्री कृषि आधुनिकरण परियोजन अन्तर्गत संचालन भएको बाख्रा पकेट क्षेत्र कार्यक्रममा सो अनियमितता भएको हो।

नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत , लेखापाल र कार्यक्रम संचालन गर्ने राजदेवी बाख्रा फर्म राजदेवी नगपालिका ४ का कृषक रिता देवीले मिलेर परियोजना को लक्ष्य विपरित कार्य गरि रकममा अनियमिता गरेको खुलेको छ।

वार्षिक रुपमा संचालन हुने कार्यक्रमको लागि नगरपालिकाले २०७८  साल जेष्ठ १४ मा १५ दिने सुचना जारी गर्दा सो सुचनामा कार्यक्षेत्र राजदेवी नगरपालिकाको १ देखि ९ वडा तोकिएकोमा ४ वटा वडामा नै कार्यक्रम सिमित गरेर रकमको दुरुपयोग गरेको हो ।

अषाढ ९ गते भएको प्राविधिक समुहको बैठकमा राजदेवी बाख्रा फर्म राजदेवी बसतपुर ४ लाइ छनौट गरि ११ गतेमा बाख्रा अनुदान तराई बाख्रा र बोका बोयल जातको दिने गरि १५ लाखमा नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत सुबोध साह र फर्म संचालिका रिता देवी विच सम्झौता भएको देखिन्छ ।

आर्थिक रुपमा सवलिकरण बनाउने उदेश्यले बाख्रा पकेट कार्यक्रम नेपाल सरकारले संचालन गरेकोमा सो को विपरित संघ सस्थाले आर्थिक प्रलोभनमा बच्चा नदिने पाठी वितरण गरि रकम कुम्ल्याएको खुलेको छ।

१०० बाख्रा वितरण गर्न १५ लाख रकम विनियोजन गरेकोमा कार्यक्रम संचालन गर्न स्वीकार गरेका राजदेवी बाख्रा फर्म राजदेवी नगरपालिका–४ का संचालक रिता देवीले २ हजार देखि ३ हजारमा पाइने तराई जातका बाख्रा गरीद गरि वितरण गरि १५ हजारका दरले खरिद गरि भर्पाइ बनाएर रकम अनियमिता गरेको पाइएको छ।यस बारे सम्वन्धित निकायबाट निस्पक्ष रुपमा छानविन गरि कानुनी कार्यवाही गर्न नगरपालिकाका उपप्रमुख अंशु सिंहले माग गरेकि छिन।

राजदेवी नगरपालिका ९ मा वितरण गरिएको १० बटा बाख्रामा एक जनाको पाठी पाएको ६ दिन भित्रमा मरी सकेको पाइएको छ ।स्थनीय रिता देवी रामलाइ रोगि पाठी दिएकोमा ६ दिन भित्रमा मरी सकेको हो । 

अन्नपूर्ण कृषक समुहमा आवद्ध भएकी महिलाहरुलाई २ वटा बच्चा फिर्ता गर्ने शर्तमा पाठी दिएको स्थानीय क्षेमा देवीले बताएकी छिन ।

समान रुपमा वितरण गर्नु पर्नेमा असामान्य रुपमा बाख्रा वितरण गरिएको कागजपत्रबाट पुष्टि भैरहेको छ । महारानी दलित बाख्रा पालन समुह राजदेवी ६ लाइ ११ बटा बाख्रा दिएको छ जसमा उषा देवी राम निर्वाचित नगर सभा सदस्य रहेका छन ।

साह कृषि फर्म राजदेवी ४ मा १ जनालाइ १० बटा बाख्रा दिइएको छ । दुर्गामाइ बाख्रा पालन समुह राजदेवी ६ लाइ १९ बटा , अनामिका पशु तथा मत्स्य राजदेवी ६ लाइ १ जना लाइ ५ वटा बाख्रा दिइएको छ ।

लक्ष्मी बाख्रा पालन समुह राजदेवी ४ को १० वटा , अन्पूर्ण कृषक समुह राजदेवी ९ लाइ १० वटा , राजदेवी बाख्रा फर्म राजदेवी ४ को १ जना लाइ १० वटा , जानकी भैसी पालन समुह राजदेवी ८ लाइ १५ वटा र कुम्कुम पौल्त्री फर्म राजदेवी ४ को १ जनालाइ १० वटा गरि १०० बाख्रा वितरण गरिएको भरपाई पेश गरि सम्झौता अनुसारको रकम भुक्तानी लिएको छ ।

अषाढ २५ गते सम्म कार्यक्रम सम्पन्न गरि सक्नु पर्ने सम्झौता पत्रमा उल्लेख गरिएको भएपनि २८ गते बाख्रा वितरण गरिएको थियो ।महिना देखि पहिला कम सम्पन्न गरि भुक्तानीको लागि कागजपत्र पेश गरेकाहरुको भुक्तानी नगरेको निमित प्रमुख प्रशासकीय अधिकृत साह ले २८ गते कार्यक्रम संचालन गरि विल भर्पाइ पेश गरेको राजदेवी बाख्रा फर्मको १५ लाख एक दिन मै भुक्तानी गर्नु आर्थिक चलखेल भएको आशंका गरिएको छ ।

 कार्यक्रमको क्षेत्र १ देखि ९ वडा सम्म निर्धारण गरी पनि वडा नम्बर ४, ६, ८ र ९ मा मात्रै वितरण गरिएको छ । वडा नम्बर १ , २ ३,५ , र ७ मा वितरण गरिएको छैन ।

नगर प्रमुख धिरेन्द्र कुमार सिंहको समर्थक भएको वडालाइ लक्षित गरि कार्यक्रम संचालन गरि रकममा व्यापक अनियमितता गरेको पुर्व सभासद बबन सिंहले आरोप लागेको छ ।कार्यपालिका सदस्य वडा नम्बर ८ का दिपिया देवीलाइ २ वटा बाख्रा दिइएको बताउदै सिंहले गरिव निमुखा असहायलाइ नदिएको टिप्पणी गरे ।

राजदेवी नगरपालिकाका मेयर खुलेयाम रुपमा भ्रस्टाचारी गर्दै आएपनि नियमन गर्ने निकायले कुनै चासो नदेखाएकोले सम्वन्धित निकाय पनि भ्रस्टाचार गर्नेलाइ सघाएको आरोप लगाए । 

३ वर्ष देखि नगरपालिकामा भएको अनियमितता बारे आवाज उठाउनुको साथै उजुरी गरेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग , जिल्ला प्रशासन कार्यलय समेतले छानविन तर्फ कुनै प्रतिक्रिया नदेखेको भनाइ पुर्व सभासद सिंहको रहेको छ ।

रकम भुक्तानीको विषयमा जानकारी लिन निमित प्रमुख प्रशासकीय अधिकृत सुबोध साह र लेखापाल नागेन्द्र साहलाइ सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउँन नसकेकोले प्रतिक्रिया समाबेश गर्न सकिएको छैन ।

  • 0%
  • 99%
  • 0%
  • 0%
  • 0%
  • 1%

मधेश सरकारमा माओवादी अटाउन यी दुई मन्त्रीले दिए राजीनामा, नयाँ मन्त्रीहरु आजै किरिया खाने 

  • २०७८ श्रावण ७ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । केन्द्र सरकारमा देखिएको राजनीतिक उथलपुथलबीच प्रदेश २ को सरकारमा पनि माओवादी पसाउन दुई मन्त्रीले राजीनामा दिएका छन् ।  माओवादीलाई सरकारमा सहभागी गराउन आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय

पूरा पढ्नुहोस्

Bureau Menus