'छुरा काण्डमा मेरो कुनै सँलग्नता छैन, म हाजिर भईसकेछु' : जीवनाथ चौधरी
न्यूज ब्यूरो || जनकपुरधाम, २७ फागुन । जनकपुरको विभिन्न काण्डमा नाम मुच्छिदै आएको होटल व्यवसायी जीवनाथ चौधरीले छुरा काण्डमा आफ्नो कुनै संलग्नता नरहेको स्पस्टोक्ति दिएकाको कुरा न्यूज पेपर दैनिक पत्रिकाले फलोअप गरेको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको समयमा जनकपुरको राजपा कार्यकर्ता प्रकाश मिश्रमाथ

२०७४ फागुन २७ आइतबार, बिहान ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २७ फागुन । जनकपुरको विभिन्न काण्डमा नाम मुच्छिदै आएको होटल व्यवसायी जीवनाथ चौधरीले छुरा काण्डमा आफ्नो कुनै संलग्नता नरहेको स्पस्टोक्ति दिएकाको कुरा न्यूज पेपर दैनिक पत्रिकाले फलोअप गरेको छ ।
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको समयमा जनकपुरको राजपा कार्यकर्ता प्रकाश मिश्रमाथि भएको छुरा काण्ड आफ्नो कुनै संलग्नता नरहेको तथा आफुलाई फँसाउन षडयन्त्रपूर्वक साजिस रचेको दाबी गरेका हुन् ।
“छुरा काण्डका अभियुक्तहरु प्रहरीको पकड बाहिर” रहेको समाचार प्रकाशनमा आएपछि चौधरीले स्पस्टोक्ति दिदै आफुले करिब १५ दिन अघि नै अदालतमा हाजिर भई धरौटीमा छुटेको जानकारी दिएको भनेर आजको न्यूजपेपर दैनिक पत्रिकामा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…