थप दुई हजार ९ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

 यस अवधिमा देशभर ४३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या बिहीबारभन्दा नौ जनाले बढी हो ।

२०७८ श्रावण १ शुक्रबार
बेलुकी ६:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  पछिल्लो २४ घण्टामा थप दुई हजार ९३६ जनामा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ६१३ जनाको पीसीआर तथा चार हजार ५६९ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः दुई हजार ६ र ९३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    यस अवधिमा देशभर ४३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या बिहीबारभन्दा नौ जनाले बढी हो ।

 हालसम्म नेपालमा नौ हजार ५०६ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै देशभर एक हजार ७५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 

    नेपालमा सङ्क्रमितको निको हुने दर ९४ दशमलव ५ प्रतिशत छ । नेपालमा हालसम्म छ लाख २८ हजार २४३ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 हाल २४ हजार २७४ जना होम आइसोलेशनमा रहनुभएको छ भने दुई हजार ५५३ ले संस्थागत आइसोलेशन, ५७८ जना आइसीयू र १७४ जनाले भेन्टिलेटरमा उपचार गराई रहेका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

प्रदेश २ः डेढ अर्बको लागतमा पेपर फ्याक्ट्री स्थापना हुँदै, दैनिक ७५ टन उत्पादन हुने

  • २०७८ श्रावण १ शुक्रबार

न्यूज ब्यूरो, ११ साउन ।  महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा रु एक अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्याश भएको छ ।  आज आइएमइ समूहका अध्यक्ष तथा उद्यमी

पूरा पढ्नुहोस्

Bureau Menus