पाँचौ पटकको प्रधानमन्त्री

शेर बहादुर देउवा पाँचौ पटक प्रधानमन्त्रीमा नियुक्त, सपथको तयारी 

यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन्। उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए। 

२०७८ असार २९ मंगलबार
दिउसो १:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। 

मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। 

‘उहाँलाई प्रधानमन्त्री नियुक्त गरिसकिएको छ, सम्भवतस् सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको छ, सपथको तयारी हुँदैछ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले भने। 

ढकालका अनुसार सपथ ग्रहणको समय भने निर्धारण भइसकेको छैन। ‘प्रधानमन्त्री नियुक्त व्यक्तिसँग सपथको समयबारे समन्वय भइरहेको छ, हामी जानकारी गराउँछौं,’ ढकालले भने।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन्। उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए। 

त्यसपछि उनी २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री भएका थिए।  उनी २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

कोभिड भत्ता माग गर्दै जलेश्वरका स्वास्थ्यकर्मीहरु सरकार गुहारे

  • २०७८ असार २९ मंगलबार

न्यूज ब्यूरो, जलेश्वर । कोभिडको समयमा काम गराएर भत्ता नदिएको भन्दै जलेश्वर अस्पतालका स्वास्थ्यकर्मीहरुले प्रदेश सरकार गुहारेका छन् ।  जिल्ला अस्पताल जलेश्वरमा करारमा काम गरेका स्वास्थ्यकर्मीहरुले तलब दिएपनि ४ महिनाको भत्ता

पूरा पढ्नुहोस्

Bureau Menus