न्यूज ब्यूरोको प्रभावः सिडिओ कणेलको एक्सनपछि लिलामदन अस्पतालले गरे विरामीको रकम फिर्ता
अस्पतालमाथि छानबिनको लागि मातहतको प्रहरीलाई निर्देशन दिएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।

२०७८ असार २४ बिहीबार, राति ८:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको लहानस्थित रहेको लिलामदन अस्पतालले एक गरिब परिवारलाई अधिक रकम लिएको प्रकरणमा न्यूज ब्यूरोको नियमित समाचार र दबाबपछि अस्पतालले रकम फिर्ता गरेको छ ।
न्यूज ब्यूरोमा प्रथम पटक समाचार आएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले तुरुन्तै एक्सन लिएपछि प्रकरण प्रहरीसम्म पुगेको थियो । गत एक सातादेखि निरन्तर अस्पताल प्रशासन र विरामी पक्षबीच भएको छलफलपछि अस्पतालले १ लाख २५ हजार रुपैयाँ पुनः फिर्ता गरेको हो ।
अस्पतालले बिना बिलकै ५ लाख २१ हजार रुपैयाँको बील दिएको थियो भने विरामी परिवारले ३ लाख ७० हजार रुपैयाँ अस्पताललाई बुझाएको थियो । उनीहरुबाट अस्पतालका सँचालक डा. दिलीप कुमार साहले १ लाख ५१ हजार रुपैयाँ थप मागेपछि विरामी परिवार मिडियासँग गुहार मागेको थियो ।
न्यूज ब्यूरोसँगको सम्पर्कमा आएका सिरहा नगरपालिका वडा नं. १० नरहिया बस्ने सुरेश मुखियालाई अक्सिजनको कमी भएपछि उनलाई लिलामदत अस्पतालमा भर्ना गरिएको थियो । १४ दिनको भर्नामा उनलाई ५ लाख २१ हजार रुपैयाँ तिर्नुपर्ने भनेपछि मुखिया परिवार बिच्चलीमा परेका थिए ।
न्यूज ब्यूरोमा सिरहा ब्यूरो प्रमुख सबिन्द्र यादवले समाचार प्रकाशित गरेपछि सिरहाका प्रमुख जिल्ला अधिकारी कणेलले तत्कालै एक्सन लिएका थिए । अस्पतालमाथि छानबिनको लागि मातहतको प्रहरीलाई निर्देशन दिएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।
बीचमा इलाका प्रहरी कार्यालय लहानले अस्पतालको पक्षबाट वकालत गरी पीडित पक्षलाई दबाउन खोजेको थियो भने प्रजिअ कणेलको निरन्तर चासोपछि अस्पतालले विहिबार मुखिया परिवारलाई १ लाख २ ५ हजारको रकम चेक मार्फत फिर्ता गरिदिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…