साना किसान दिगम्बरपुरको १५ औँ वार्षिकोत्सव सम्पन्न
विनय कुमार यादव || धनुषा, २५ फागुन । धनुषाको दिगम्बरपूरमा स्थापित साना किसान कृषि सहकारी सँस्था लिमिटेडको १५ औँ वार्षिकोत्सव आज सम्पन्न भएको छ । साना किसान कृषि तथा सहकारी सँस्था दिगम्बरपुरका अध्यक्ष ईन्द्र कुमार महतोको अध्यक्षता तथा प्रदेश सभा सदस्य रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न १५ औँ व

२०७४ फागुन २५ शुक्रबार, बेलुकी ६:३८ बजे१ मिनेट पढाइ
विनय कुमार यादव ||
धनुषा, २५ फागुन । धनुषाको दिगम्बरपूरमा स्थापित साना किसान कृषि सहकारी सँस्था लिमिटेडको १५ औँ वार्षिकोत्सव आज सम्पन्न भएको छ ।
साना किसान कृषि तथा सहकारी सँस्था दिगम्बरपुरका अध्यक्ष ईन्द्र कुमार महतोको अध्यक्षता तथा प्रदेश सभा सदस्य रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न १५ औँ वार्षिकोत्सवबाट बर्षभरिको नाफा नोक्सान सहित समाजिक योग्दान बारे चर्चा गरिएको थियो ।
साना किसान सहकारीका कारण स्थानीय किसान तथा सर्वसाधारणले बचत गर्ने बानी बसालेको अध्यक्ष महतोको कथन थियो ।
साना किसानको स्थापनाकालदेखि नै स्थानीय स्तरमा स्थानीय किसानलाई बढी प्रभावित गर्न सफल भएको दाबी महतोले गरे ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश सभा सदस्य रामचन्द्र मण्डलले सहकारी अहिले समाजको अभिन्न अँग बनेको औल्याए ।
बार्षिकोत्सवको शुभकामना तथा बधाई दिँदै मण्डलले आगामी दिनमा समेत समाजिक विकासको लागि अग्रनी भूमिका खेल्ने अपेक्षा समेत जाहेर गरे ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…