लिलामदन अस्पतालका डाक्टर भन्छन्– 'ब्लैकमा औषधी ल्याएर बेच्छु, बील दिन मिल्दैन'
औषधी उपचारकै नाममा ३ लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको मुखिया परिवारसँग थप १ लाख ५१ हजार रुपैयाँ मागेपछि रुन थालेको थियो ।

२०७८ असार १९ शनिबार, बेलुकी ५:५३ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित रहेको लिलामदन अस्पतालका चिकित्सक एवम् सँचालक समेत रहेका डा. दिलीप कुमार साहले ५ लाख २१ हजार दिनु नै पर्ने अडान राखेका छन् ।
न्यूज ब्यूरोमा समाचार आएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जिल्ला प्रहरी कार्यालय सिरहालाई निर्देशन दिएर सो सम्बन्धमा बुझन भन्दै बन्धक बनाइएका मुखिया परिवारलाई तत्काल अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
शुक्रबार अबेर साँझ नै अस्पताल प्रशासनले सिडिओ कणेलको निर्देशनपछि घर जान दिएपनि शनिबार इलाका प्रहरी कार्यालय लहानमा भएको दुई पक्षीय छलफलको क्रममा अस्पतालका सँचालकले माग गरिएको रकम दिनु नै पार्ने अडान राखेपछि बिना निष्कर्ष छलफल टुङियो ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख डा. तपन दाहालको नेतृत्वमा भएको छलफलको क्रममै अस्पतालमा सँचालक दिलीप साहले आफू ईण्डियाबाट ब्लैकमा औषधी ल्याएर बेच्ने गरेको स्वीकारेका छन् ।
इलाका प्रहरीमा गरिएको छलफलको क्रममा न्यूज ब्यूरोका सिरहा प्रमुख सबिन यादवले गरेको स्टीँग अपरेशनको क्रममा उनले भारतबाट ब्लैकमा औषधी मगाएर बेच्ने गरेको स्वीकारेका छन् ।
औषधी ब्लैकमा ल्याएर बेच्ने गरेको भन्दै औषधीको बील पनि दिन नमिल्ने बताएका छन् । परिवारजनले ५ लाख २१ हजारको बील मागेपछि अस्पतालले बिल दिन मानिरहेका छैनन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…