सिरहाः लिलामदन अस्पतालले गरिबलाई लुटे, ५ लाख बढीको बील दिएपछि अभिभावक बेहोस !
यसबारे जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखलाई सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् ।

२०७८ असार १८ शुक्रबार, दिउँसो ४:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित रहेको लिलामदन अस्पतालले एक गरिब परिवारबाट असाधारण रकम असुलेको खुलेको छ ।
सिरहा जिल्लाको लहानस्थित रहेको लिलामदन पिसी एण्ड प्रसुति गृहमा औषधी उपचारमै ५ लाख बढी रकम जोडेपछि विरामी पुनः बेहोस झैं भए ।
सिरहा नगरपालिका वडा नम्बर १० नरैया बस्ने सुरेश मुखियालाई स्वासप्रस्वासमा समस्या भएपछि लिलामदन अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गरिएको १४ दिनपछि उनको बील ५ लाख २१ हजार रुपैयाँ आएपछि विरामीको परिवार छाँगाबाट खसेजस्तै महसुस गरे ।
अस्पतालका सँचालक समेत रहेका डा. दिलीप कुमार साहले ३ लाख ७० हजार रुपैयाँ बुझेको र बाँकी १ लाख ५१ हजार रुपैयाँ अझै दिनुपर्ने भन्दै विरामी बन्धक बनाएको हो ।
अभिभावकबाट असाधारण तरिकाले रकम मागेपछि मुखिया परिवारले सहयोगको लागि गुहारेका थिए । कर्जा ऋण लिएर ४ लाख ७० हजार रुपैयाँ जुटाएको मुखिया परिवारले थप १ लाख ५१ हजार रुपैयाँ तिर्न सक्ने अवस्थामा छैनन् ।
साँस फेर्न अप्ठयारो हुँदा अन्दाजी २३ बर्षिय सुरेश मुखियालाई १५ दिनअघि सो अस्पतालमा भर्ना गरिएको थियो । औषधी उपचारकै नाममा ३ लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको मुखिया परिवारसँग थप १ लाख ५१ हजार रुपैयाँ मागेपछि रुन थालेको थियो ।
त्यसपछि उनका अभिभावकले सहयोगको लागि विभिन्न ठाउँमा विभिन्न व्यक्तिहरुलाई गुहारेपछि अस्पतालको असुलीको पोल खुलेको हो ।
अभिभावकले औषधी उपचारको सच्चा बील दिनको लागि अस्पताललाई आग्रह गरेपछि बिल भने दिन मानिरहेका छैनन् । हाम्रा न्यूज ब्यूरोका सिरहा प्रमुख सबिन यादवले गरेको स्टीँग अपरेशनको क्रममा सँचालक एवम् डाक्टर दिलीप साहले ३ लाख ७० हजार रुपैयाँ दिएको र बाँकी १ लाख ५१ हजार रुपैयाँ दिए मात्र बील दिने अडानमा रहेका छन् ।
भिडियोमा सँचालक साहले ३ लाख ७० हजार रुपैयाँ दिएको स्वीकार गरिएपनि फेरी अर्को भिडियोमा भने उनले रकम नै नदिएको पनि दाबी गरिरहेका छन् । मुखिया परिवारसँग यतिको बील दिएपछि उनको परिवारमा हिजैदेखि खाना समेत खाएका छैनन् भने मानसिक तनावमा परेका छन् ।
सँचालक एवम् डाक्टर दिलीप साहले भने अझै पनि बील नदिने अडानमा रहेका छन् भने १ लाख ५१ हजार रुपैयाँ बुझाए मात्र विरामीलाई डिस्चार्ज गर्ने अडानमा रहेका छन् ।
यसबारे जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखलाई सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…