समाचार प्रभावः सिडिओ कणेलको निर्देशनपछि अस्पतालमा बन्धक बनाइएका मुखिया घर गए
भर्ना गरिएको १४ दिनपछि उनको बील ५ लाख २१ हजार रुपैयाँको बील दिएपछि तीर्न असमर्थ भएपछि बन्धक बनाइएको थियो ।

२०७८ असार १८ शुक्रबार, राति ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लास्थित रहेको लिलामदन अस्पतालले अस्पतालको बील नतिरेको भन्दै बन्धक बनाएको विरामीलाई घर जान दिएका छन् ।
सिरहाको लहानस्थित रहेको सो अस्पतालले सिरहा नगपालिका वडा नम्बर १० बस्ने सुरेश मुखियालाई बन्धक बनाएको समाचार न्यूज ब्यूरोमा आएपछि प्रशासनले चासो लिएको थियो ।
सो क्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले सँचारमाध्यममा समाचार आएपछि मातहतको प्रहरीलाई छानबिन गरी घटनाको दोषीलाई कारवाही गर्न निर्देशन दिएका थिए ।
सिडिओ कणेलको चासो र निर्देशनपछि अस्पताल प्रशासनले बन्धक बनाइएका मुखिया परिवारलाई जान दिएको हो । भोली शनिबार दुई पक्षबीच बसेर प्रशासन समक्ष छलफल हुने शर्तमा मुखिया परिवारलाई तत्काल अस्पतालबाट डिस्चार्ज गरी घर फर्काइएको हो ।
न्यूज ब्यूरोमा शुक्रबार साँझ सिरहाः लिलामदन अस्पतालले गरिबलाई लुटे, ५ लाख बढीको बील दिएपछि अभिभावक बेहोस ! शिर्षकको समाचार आएपछि सिडिओ कणेलले जिल्ला प्रहरी कार्यालय सिरहा मार्फत इलाका प्रहरी कार्यालय लहानलाई सो घटना बारे बुझ्न निर्देशन दिएका थिए । सिडिओ कणेलले जिल्ला जनस्वास्थ्इ कार्यालयलाई समेत यसबारे बुझन निर्देशन दिएका छन् ।
सिरहा जिल्लाको लहानस्थित रहेको लिलामदन पिसी एण्ड प्रसुति गृहमा औषधी उपचारमै ५ लाख बढी रकम जोडेपछि मुखिया परिवारले तिर्न नसकेपछि उनलाई बन्धक बनाएको थियो ।
सिरहा नगरपालिका वडा नम्बर १० नरैया बस्ने सुरेश मुखियालाई स्वासप्रस्वासमा समस्या भएपछि लिलामदन अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गरिएको १४ दिनपछि उनको बील ५ लाख २१ हजार रुपैयाँको बील दिएपछि तीर्न असमर्थ भएपछि बन्धक बनाइएको थियो ।
अस्पतालका सँचालक समेत रहेका डा. दिलीप कुमार साहले ३ लाख ७० हजार रुपैयाँ बुझेको र बाँकी १ लाख ५१ हजार रुपैयाँ अझै दिनुपर्ने भन्दै विरामी बन्धक बनाएका थिए भने उनले नै अहिले अस्पतालबाट मुखिया परिवारलाई घर जान दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…