धनुषाधाम नगरपालिकाको बजेट ५६ करोड बढी, मेयरको पक्षमा हजारौं स्थानीय ओर्ले
सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की ,प्रशासकिय अधिकृत संजित दास,लेखा प्रमुख प्रशान्तदेव यादव लगायत कर्मचारीहरुको व्यापक उपस्थिति रहेको थियो ।

२०७८ असार १० बिहीबार, राति ९:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को धनुषाको धनुषाधाम नगरपालिकाको आठौं नगरसभाबाट ५६ करोड बढी रकमको बजेट ल्याइएको छ ।
स्थानीय तहका जनप्रतिनिधिहरुको एक कार्यकालको अन्तिम नगरसभा भएकोले यसपाली धुमधामले नगरसभा समप्नन गरेको हो ।नगरपालिकाले ५६ करोड ५१ हजार बजेट बिनोयजन गरि नगरसभा गरिएको छ ।
नगर प्रमुख बालेश्वर मण्डलले शिक्षा ,स्वास्थ्य ,कृषि क्षेत्रमा बढी जोड दिदै योजना तर्जुमा छनौट गरिएको जानकारी दिए ।
सो नगरसभा नगर प्रमुख बालेश्वर मण्डलको कामको प्रशंसा गर्दै नगरपालिकामा नेपाली काङ्ग्रेसको सरकारले विकास गरेर धेरै परिवर्तन गरिएको वडा नं ५ का अध्यक्ष इन्द्र कुमार महतोले बताए ।
सो कार्यक्रममा नगर उपप्रमुख बिध्या देवि भुजेलले २०७८/७९ को आ व्य प्रस्तुत गरेका थिए । उत्कृष्ट कृषक लाई पुरुस्कार तथा सम्मान गर्ने लगायत नगरभरिका जनताको अपेक्षा अनुसारको योजना तर्जुमा राखिएको नगर उपप्रमुख भुजेल बताइन् ।
सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की ,प्रशासकिय अधिकृत संजित दास,लेखा प्रमुख प्रशान्तदेव यादव लगायत कर्मचारीहरुको व्यापक उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…