प्रदेश २ः माओवादी र एमालेबीच झडप, असई सहित ८ प्रहरी घाईते
उनका अनुसार झडपमा परेर एक असई सहित ५ नेपाल प्रहरी र ३ सशस्त्र प्रहरीका जवान घाइते भएका छन् ।

२०७८ असार १० बिहीबार, राति ८:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नम्बर २ को रौतहट जिल्लास्थित दुई राजनीतिक पार्टीको कार्यकर्ताबीच झडप हुँदा ८ सुरक्षाकर्मी घाईते भएका छन् ।
रौतहटको मौलापुर नगरपालिकाको नगरसभा बिथोल्न विपक्षी समूहले अवरोध गरेपछि झडप भएको हो । बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
नेकपा एमालेको माधव नेपाल पक्ष तथा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले नगरसभा विथोल्ने प्रयास गरेपछि माओवादीबाट एमालेमा प्रवेश गरेका प्रभु साह पक्षधरबीच झडप भएको छ ।
झडपको क्रममा ढुंगामुढा हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि बल प्रयोग गर्दै अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।
उनका अनुसार झडपमा परेर एक असई सहित ५ नेपाल प्रहरी र ३ सशस्त्र प्रहरीका जवान घाइते भएका छन् । यता २ जना सर्वसाधारण घाइते रहेको बताइएपनि प्रहरी उपरीक्षक साहले भने पुष्टी भने गरेका छैनन् ।
प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि दुई दर्जन सेल अश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए । अहिले झडप नियन्त्रणमा आइसकेको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…