चोर हत्याको आरोपमा दुई साधु पक्राउ 

बैठाको यही असार ३ गते हत्या गरेको अवस्थामा शब बाटोमा फेला परेको थियो ।

२०७८ असार ९ बुधबार
बिहान ०८:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बारा । बारा प्रहरीले चोरलाई हत्या गरेको आरोपमा मन्दिरका दुई जना साधुलाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा फेटा गाउँपालिका वडा नं.३ फुलवरिया टोल बस्ने ३५ बर्षीय पारस महतो धानुक र बिश्रामपुर गाउँपालिका वडा नं.२ बरैनिया टोल बस्ने ७२ बर्षीय बिरबहादुर यादब (दास बाबा) रहेका छन् ।

मन्दिरमा चोरी गर्न गएका बरैनिया बस्ने २५ बर्षीय भादो भन्ने बिरेन्द्र बैठालाई चिम्टा र भाटाले पिटेर हत्या गरेको प्रहरीले जनाए । चिम्टा र भाटाले पिट्दा मृत्यु भएको बैठाको शब सडक पेट्टीमा फालेका थिए । 

तालिम प्राप्त कुकुर सहितको विशेषज्ञ प्रहरी टोली झिकाई घटनास्थलको सुक्ष्म अनुसन्धान गर्दा हत्याराहरुलाई पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । 

मृतकलाई चोरी गर्ने क्रममा गाउँलेहरूले धेरै पटक कुटपिट गरी छाड्ने गरेका थिए । बरैनिया बजारस्थित हनुमान मन्दिरको प्राङ्गणमा सर्च गर्ने क्रममा प्रहरीले अनुसन्धान गर्दै जाँदा अभियुक्तहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

बैठाको यही असार ३ गते हत्या गरेको अवस्थामा शब बाटोमा फेला परेको थियो ।

  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus

} }