मधेशी भनेर प्रहरी हेपेकी कथित अभियन्ता ज्वाला सँग्रौलालाई हिरासत
केही उनका अन्धभक्तहरुले उनको पक्षबाट समाजिक सँजालमा लेखेपनि देशैभरिबाट उनको विरोध गरिएको हो ।

२०७८ असार ७ सोमबार, बेलुकी ५:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।
अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले काठमाडौं प्रहरी आएको माग अनुसार अनुसन्धानका लागि अनुमति दिइएको बताइएको छ । संग्रौलासँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइवालाई पनि थुनामा राख्न अनुमति दिइएको छ ।
युवा संघकी नेतृ खुश्बु (नविता) घिमिरेले दिएको किटानी जाहेरीका आधारमा संग्रौला पक्राउ परेकी थिइन् । घिमिरेमाथि एक महिनाअघि संग्रौलाले प्रहरी वृत्त, गौशालामा कुटपिट गरेको जाहेरीमा भनिएको छ ।
संग्रौलाले महाराजगञ्ज प्रहरीका असई मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिएर दुर्व्यवहार गरेपछि पुरानो घटना पनि सतहमा आएको थियो । र, प्रहरीले उनको खोजी थालेको थियो ।
सँग्रौलाको कार्यशैली र व्यवहारप्रति देशैभरिबाट विरोध गरिएको छ । केही उनका अन्धभक्तहरुले उनको पक्षबाट समाजिक सँजालमा लेखेपनि देशैभरिबाट उनको विरोध गरिएको हो ।
प्रहरीले उनलाई आईतबार नै पक्राउ गरेको थियो । उनी सहित उनको टिमको थप दुई जनालाई पक्राउ गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…