विपदसँग लड्न सिरहामा पनि सुरक्षाकर्मी र प्रशासनको सुरक्षा अभ्यास
आफनो ज्यान जोखिममा राखेर सुरक्षाकर्मीहरुले अरुको ज्यान बचाउने अभ्यास मात्र नभई व्यवहारमा समेत लागू गर्दै आएको

२०७८ असार ३ बिहीबार, बेलुकी ५:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । बर्षातको मौसमसँगै तराई मधेशको नदीहरुमा आउने बाढीको क्रममा प्रत्येक वर्ष कैयौँ जना ज्यान गुमाउनु परेको छ ।
सोही क्रम र मानवीय क्षति हुन नदिनको लागि सिरहा प्रशासन एवम् सुरक्षाकर्मीहरुले सुरक्षा अभ्यास गरेको छ । सिरहाको बन्दिपुरस्थित रहेको पर्यटकीय क्षेत्र बाबातालमा सुरक्षा अभ्यास गरेको हो ।
बाढी पहिरोको समयमा नागरिकलाई बचाउनको लागि सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले तालमा अभ्यास गरेका हुन् । सो क्रममा सुरक्षाकर्मीहरुले पानीमा डुबिरहेको बेला आफू बचेर अरुलाई पनि कसरी बचाउने भन्ने बारे अभ्यास गरेका हुन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीप राज कणेलको प्रमुख आतिथ्यमा अभ्यास कार्यक्रमको आयोजना गरी सुरक्षा अभ्यास गरिएको हो । नजिकै रहेको कमला नदीमा प्रत्येक वर्ष आउने भिषण बाढीको क्रममा बीचमा सर्वसाधारण फँसेमा, बगेमा सुरक्षाकर्मीले बाढीबाट बचाउन सक्नेछ ।
अभ्यास कार्यक्रममा सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी चन्द्रप्रकाश गौतम, महा शेनानी नेपाल सेना सशस्त्र प्रहरी बलका गणपति , नेपाल रेडक्रस स्थानीय निकायका प्रतिनिधिहरुको उपस्थितिमा विपदसँग लडने अभ्यास गरिएको हो ।
आफनो ज्यान जोखिममा राखेर सुरक्षाकर्मीहरुले अरुको ज्यान बचाउने अभ्यास मात्र नभई व्यवहारमा समेत लागू गर्दै आएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद पनि ज्ञापन गरे ।
जिल्ला विपद व्यवस्थापन समितिको आयोजना सो अभ्यास गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…