'उमेशचन्द्र झा पत्रकारिता पुरस्कार' झालाई 

२०७८ असार २ बुधबार
रति ८:३३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल पत्रकार महासँघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई यस वर्षको उमेश चन्द्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । 

प्रत्येक वर्ष मानव विकास केन्द्रले दिँदै आएको उमेशचन्द्र झा पत्रकारिता पुरस्कार यस वर्ष अध्यक्ष झालाई प्रदान गरिएको हो । उक्त पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ । 

बुधबार जनकपुरमा एक कार्यक्रमबीच अध्यक्ष झालाई मानव विकास केन्द्रका अध्यक्ष कुन्दन झाले पुरस्कार सहित सम्मानपत्र प्रदान गरेका हुन् । गत वर्ष पत्रकार शैलेन्द्र महतो र वीरेन्द्र रमणलाई दिएको थियो ।

 पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाउने पत्रकारलाई मानव विकास केन्द्रले प्रत्येक वर्ष पुरस्कार राशी सहित सम्मान पत्र प्रदान गर्दै आएको छ । मानव विकास केन्द्रका अध्यक्ष कुन्दन झाको हजुरवुवाको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार प्राप्त गरेपछि पत्रकार झाले कृतज्ञता प्रकट गरिन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूजब्यूरोका पत्रकार यादवले प्रहरीसँग मागेका थिए सुरक्षा, आरोपितहरु गाउँबाट भागे

  • २०७८ असार २ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । दुर्घटना भनेर हत्या गरिएका न्यूज ब्यूरोका कार्यकारी सम्पादक विनय कुमार यादवले केही दिन अगाडी धनुषा प्रहरीसँग आफ्नो ज्यानको सुरक्षा मागेको खुलेको छ ।  पत्रकार यादवको मोबाईलमा भेटाएको

पूरा पढ्नुहोस्

Bureau Menus