'उमेशचन्द्र झा पत्रकारिता पुरस्कार' झालाई
मानव विकास केन्द्रका अध्यक्ष कुन्दन झाको हजुरवुवाको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार प्राप्त गरेपछि पत्रकार झाले कृतज्ञता प्रकट गरिन् ।

२०७८ असार २ बुधबार, राति ८:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल पत्रकार महासँघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई यस वर्षको उमेश चन्द्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ ।
प्रत्येक वर्ष मानव विकास केन्द्रले दिँदै आएको उमेशचन्द्र झा पत्रकारिता पुरस्कार यस वर्ष अध्यक्ष झालाई प्रदान गरिएको हो । उक्त पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।
बुधबार जनकपुरमा एक कार्यक्रमबीच अध्यक्ष झालाई मानव विकास केन्द्रका अध्यक्ष कुन्दन झाले पुरस्कार सहित सम्मानपत्र प्रदान गरेका हुन् । गत वर्ष पत्रकार शैलेन्द्र महतो र वीरेन्द्र रमणलाई दिएको थियो ।
पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाउने पत्रकारलाई मानव विकास केन्द्रले प्रत्येक वर्ष पुरस्कार राशी सहित सम्मान पत्र प्रदान गर्दै आएको छ । मानव विकास केन्द्रका अध्यक्ष कुन्दन झाको हजुरवुवाको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार प्राप्त गरेपछि पत्रकार झाले कृतज्ञता प्रकट गरिन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…