फागुन २५ र २६ गते नेपाल बन्द छैन !
न्यूज ब्यूरो || जनकपुरधाम, २५ फागुन । बहिर्गमित जनमुक्ति सेनाले भोलि गर्ने भनिएको बन्द आधिकारिक नभएको जानकारी प्राप्त भएको छ । बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष अर्जुन बुढाथोकीले भने “डलरवादीहरुले हल्ला फैलाएका हुन ।यो भ्रम हो । केही मान्छेको पैसा खाएर यस्तो हल्ला फैलाइएको छ । यसैले बन्द भनेर कोहि न

२०७४ फागुन २५ शुक्रबार, राति १२:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २५ फागुन । बहिर्गमित जनमुक्ति सेनाले भोलि गर्ने भनिएको बन्द आधिकारिक नभएको जानकारी प्राप्त भएको छ ।
बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष अर्जुन बुढाथोकीले भने “डलरवादीहरुले हल्ला फैलाएका हुन ।यो भ्रम हो । केही मान्छेको पैसा खाएर यस्तो हल्ला फैलाइएको छ । यसैले बन्द भनेर कोहि नझुकिनु होला ।”
प्रचण्ड र जनार्दन शर्मा संग विशेष सम्बन्ध भएका अर्जुन आधिकारिक रूपमा बहिर्गमितका नेता हुन ।
उनको नेतृत्वमा चार हजार लडाकु मध्ये १६ सय लडाकु रहेको अनुमान छ् ।
उनले आक्रोशित हुँदै भने “बन्द गरेर जनताको अधिकार खोस्न पाइदैन ।
अटेर गरे सडकमा कारबाही हुन्छ । उनले जारी गरिएको प्रेस बिज्ञप्तिमा भनिएको छ । जस्ले गरेपनि अहिले बन्दले निकास दिदैन । हाम्रो बन्द त हुनै सक्दैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…