जनकपुरः लकडाउनमा जम्दै फुमाटो, जनकपुरको सबै होटलको आईटम होम डेलिभरी
चिकेन आईटम, मटन आईटम, बिरयानी, रोस्ट सहित फलफूलसम्म पनि होम डेलिभरी गरिरहेको छ । फूमाटोको वेभसाईट मा गएर अर्डर गर्न सकिने सँचालक साहले बताए । यसका साथै, मोबाईल एक 'फूमाटो' पनि डाउनलोड गरी मोबाईलबाटै अर्डर गर्न सकिने बताए ।

२०७८ असार १ मंगलबार, बिहान ९:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा अनलाईन होम डेलिभरीको लागि फूमाटो अहिले जम्दै छ । निषेधाज्ञा र लकडाउनमा घरबाहिर निस्कन नपाउने अवस्थामा फूमाटोले होम डेलिभरी गर्दा सहज भएको छ ।
जनकपुरको जुनसुकै होटलको कुनै पनि आईटम अर्डर गर्दा घरसम्म पुरयाइदिने फूमाटो निषेधाज्ञाको अवधीमा होम डेलिभरीको सुविधा दिएर उपभोक्ता समक्ष पुगेका छन् ।
किराना, पेय पदार्थ, पिज्जा, बर्गर, माछा मासू, केक, आईसक्रिम लगायत कुनै पनि होटलको खाजा अनलाईन अर्डर गरेमा घरसम्म पुरयाउने गरेको छ । स्थानीय प्रशासनले लगाएको लकडाउनमा घर बाहिर निस्कन नपाउने अवस्थामा अनलाईन अर्डर गरी समान मगाउने गरिन्छ ।
फूमाटोका सँचालक शिवम साहका अनुसार, जनकपुरको चर्चित होटलहरुको आईटम पनि अनलाईन डेलिभरी गर्ने गरेको बताए । उनले बर्गर हाउस, रोयल मिथिला, काली होटल, फुट फ्याक्ट्री, क्यापिटल स्टाईल, हँसराज मिठाई पसल, डि तन्दुरी सहित जनकपुरमा नाम चलेका होटलहरुको परिकारहरु घरसम्म पुरयाउने गरेको छ ।
चिकेन आईटम, मटन आईटम, बिरयानी, रोस्ट सहित फलफूलसम्म पनि होम डेलिभरी गरिरहेको छ । फूमाटोको वेभसाईट www.foomato.com मा गएर अर्डर गर्न सकिने सँचालक साहले बताए । यसका साथै, मोबाईल APP 'फूमाटो' पनि डाउनलोड गरी मोबाईलबाटै अर्डर गर्न सकिने बताए ।
उनले निषेधाज्ञाको अवधीमा फोन मार्फत पनि अर्डर गर्न सकिने बताउँदै 9801670231 / 9801670232 मा फोन गर्न सकिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…