विद्यार्थी जनमत सँघकद्धारा शहिदनगरमा पनि रक्तदान
सोमबार स्थानीय विद्यार्थी नेता विजय कुमार यादवको नेतृत्वमा शहिदनगर नगरपालिका वडा नम्बर १ कुम्भकरणमा गरिएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका हुन् ।

२०७८ जेठ ३१ सोमबार, राति ८:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको विद्यार्थी सँगठन विद्यार्थी जनमत सँघद्धारा धनुषाको शहिदनगरमा रक्तदान कार्यक्रम गरिएको छ ।
सोमबार स्थानीय विद्यार्थी नेता विजय कुमार यादवको नेतृत्वमा शहिदनगर नगरपालिका वडा नम्बर १ कुम्भकरणमा गरिएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका हुन् ।
स्थानीय अस्पतालहरुमा रक्त अभावमा सर्वसाधारणहरुको ज्यान जाने गरेको भन्दै जनमत पार्टीको निर्देशन बमोजिम विद्यार्थी सँगठनहरुले प्रदेशको विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरिरहेको छ ।
सोही क्रममा कुम्भकरणमा नेपाल रेडक्रस सोसाईटी धनुषाको प्राविधिक सहयोगमा दुई दर्जन व्यक्तिले रक्तदान गरेका हुन् । रेडक्रस जनकपुरका ईन्चार्ज श्रीनारायण न्यौपाने, प्रहरीचौकी ईन्चार्ज विरेन्द्र पाण्डेको विशेष सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । बर्षाको कारण रक्तदाताहरुको सँख्या कम भएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…