जनमत पार्टीको विद्यार्थी सँगठन विद्यार्थी जनमत सँघद्धारा निरन्तर रक्तदान
सोही क्रममा आईतबार सिरहा जिल्लाको विष्णुपुर हटिया प्राँगनमा रक्तदान कार्यक्रम गरिएको छ । विद्यार्थी नेता सँजय यादवको अध्यक्षतामा गरिएको रक्तदान कार्यक्रममा करिब ३ दर्जन व्यक्तिहरुले रक्त दिएका छन् ।

२०७८ जेठ ३० आइतबार, बेलुकी ५:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको भातृ एवम् विद्यार्थी सँगठन विद्यार्थी जनमत सँघले निरन्तर रक्तदान कार्यक्रम गरी समाजिक कार्यमा अग्रसरता देखाएका छन् ।
कोभिडको महामारीमा पनि रक्तदान कार्यक्रमको आयोजना गरी प्रदेश नम्बर २ को विभिन्न स्थानमा सहयोग गर्दै आएका छन् । विद्यार्थीहरुको समूहद्धारा प्रदेश २ को विभिन्न स्थानमा निरन्तर रक्तदान कार्यक्रम राखी अस्पतालमा रक्तको कमि हुन नदिन निरन्तर प्रयास गर्दै आएका छन् ।
सोही क्रममा आईतबार सिरहा जिल्लाको विष्णुपुर हटिया प्राँगनमा रक्तदान कार्यक्रम गरिएको छ । विद्यार्थी नेता सँजय यादवको अध्यक्षतामा गरिएको रक्तदान कार्यक्रममा करिब ३ दर्जन व्यक्तिहरुले रक्त दिएका छन् ।
कोभिडको महामारीको बेला फ्रन्टलाईनर बनेर अस्पतालहरुमा रगतको अभाव नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम गरी रक्त सँकलन गरिएको छ । कोरोना महामारीमा रगतको चरम अभाव भएको भन्दै बिधार्थी जनमत संघले विभिन्न जिल्लामा कार्यक्रम संञ्चालन गर्दै अएको छ।
नेपाल रेडक्रस सोसाईटी लहान सिरहाको टोलीको सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका हुन् । सो कार्यक्रममा शिव यादव, काशिन्द्र साह, देविन्द्र यादव, राम सुन्द्र यादव, राम पुजन मण्डल, जित कुमार यादव, श्याम सुन्द्र साह, सुजीत महतो, अरविन्द साह, गोविंद यादव, अजय कुमार पासवान, छेदि यादव, जिवनाथ यादव, मुकेश कुमार यादव, संतोष कुमार ठाकुर, रामएकबाल यादव, दिपेश यादव, गंगा यादव, संतोष यादव, सम्भु प्रसाद यादव, विरेन्द्र कुमार साह, लक्ष्मण प्रसाद गुप्ता , सुभाष चन्द्र यादव, निरज कुमार यादव, जितेन्द्र कुमार ठाकुर, सुनिल कुमार यादव, रामजनम कुमार यादव, अमिरी यादव, गणेश यादव, शिव शंकर यादव, अशोक कुमार साह, संजय कुमार यादव, र दिनेश कुमार यादव लगायतले रक्तदान गरेको विद्यार्थी जनमत सँघ विष्णुपुरका विद्यार्थी नेता सँजय साहले जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…