राजपा फोरम ओली सरकारमा जान कसरत , को को बन्ला मन्त्री ?
न्यूज ब्यूरो || जनकपुरधाम, २४ फागुन । केपी ओली नेतृत्वको सरकारमा सहभागि हुने विषयमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी अन्तिम प्रयासमा छन् । फोरमले अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा दुई मन्त्रालय र अरु केही राज्यमन्त्री लिएर सरकारमा जाने तयारी गरेको छ । फोरमबाट सरसारमा जानका लागि सहअध्यक्ष रा

२०७४ फागुन २४ बिहीबार, बेलुकी ५:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २४ फागुन ।
केपी ओली नेतृत्वको सरकारमा सहभागि हुने विषयमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी अन्तिम प्रयासमा छन् ।
फोरमले अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा दुई मन्त्रालय र अरु केही राज्यमन्त्री लिएर सरकारमा जाने तयारी गरेको छ ।
फोरमबाट सरसारमा जानका लागि सहअध्यक्ष राजेन्द्र श्रेष्ठसहित रेणु यादव र हरिनारायण रौनियाले इच्छा देखाएका छन् ।
त्यसैगरी राजपाबाट कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुङ्गो लागेको छैन । अध्यक्ष मण्डलको सदस्य राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागि हुने विषयमा छलफल भइरहेको छ ।
राजपाबाट सरकारमा सहभागि हुन राजकिशोर यादव, महेन्द्र राय यादव, अनिल झा, शरतसिंह भण्डारी लगायतले ईच्छा व्यक्त गरेका छन् । यद्यपी महतो, यादव र भण्डारीको सम्भावना बढि देखिएको छ ।
राजपालाई तीन फूल मन्त्रालयसहित अन्य केही राज्यमन्त्री पनि दिन लागिएको बताइएको छ ।
यद्यपी चारवटा दलको सरकार हुने भएपछि मन्त्रालय संख्या मिलाउन हम्मेहम्मे परेको छ ।
#aajtakmadhesh
#NewsBureau Nepal
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…