जनकपुरः पाखेरीमा डुबेर एकैसाथ पाँच बालिकाको मृत्यू, सिँगो टोल नै शोकमा !
एकै टोलकी पाँच जना बालिकाको एउटै पोखरीमा डुबेर मृत्यू भएपछि सिँगो टोलमै शोक छाएको छ । पीडित परिवार र आफन्तहरुको रुवाबासीले सिँगो टोल नै शोकमा डुबेको हो ।

२०७८ जेठ २८ शुक्रबार, दिउँसो २:०७ बजे१ मिनेट पढाइ

न्युज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि सीमासँग रहेको मुखियापट्टि मुसरनियाँमा एकसाथ पाँच जना बालिकाको डुबेर मृत्यू भएको छ ।
धनुषाको मुखियापट्टी मुसरनीय गाउँपालिका वडा नम्बर ६ लक्ष्मीपुरस्थित नयाँ खनेको पोखरीमा डुबेर स्थानीय पाँच जना बालिकाको एकसाथ मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
स्थानीय हुलास यादवको खेतमा नयाँ खनिएको ९ फिट गहिरो पोखरीमा नुहाउन गएकी सो टोली पाँच बालिका एकैसाथ डुबेपछि सिँगो टोल नै शोकमग्न भएको छ । पाँज बालिका पाँच अलग अलग घरकी हुन् ।
शुक्रबार दिउँसो करिब १२ः३० बजेको समयमा नयाँ खनिएको सो पोखरीमा नुहाउन गएको बेलामा पाँजै जनाको डुबेर मृत्यू भएको जनाइउको छ । प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाएको हो ।
मृत्यू हुनेमा स्थानीय पल्टु यादवको १२ बर्षिय छोरी लक्ष्मीनिया यादव, जोगीन्द्र भगतको बर्ष १० की छोरी चन्द्रा भगत, राजगिर पुर्वेकी अन्दाजी बर्ष १३ की छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी नातिनी बर्ष १२ की चाँदनी ठाकुर र उतीम साह तेलीको छोरी बर्ष १२ को ललिता साह तेली रहेकी छन् ।
एकै टोलकी पाँच जना बालिकाको एउटै पोखरीमा डुबेर मृत्यू भएपछि सिँगो टोलमै शोक छाएको छ । पीडित परिवार र आफन्तहरुको रुवाबासीले सिँगो टोल नै शोकमा डुबेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोली समेत अहिले घटनास्थल पुगेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । बालिकाहरु कसरी डुबेको बारे अहिले नखुलेपनि त्यस सम्बन्धमा अनुसन्धान तीव्र पारिएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…