गाउँ बस्तीमा पुगेर मास्क र सेनिटाईजर बाँडदै कमला युवा सँजाल

२०७८ जेठ २६ बुधबार
रति ९:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, धनुषा । समाजिक सँस्था कमला युवा सँजालले गाउँ वस्तीमा पुगेर मास्क र सेनिटाईजर वितरण गरिरहेका छन् । 

दाताहरुसँगको सहयोगमा कमला युवा सँजालले कमला नगरपालिकाको गाउँ वस्तीमा पुगेर युवाहरुले मास्क र सेनिटाईजर वितरण गरेका छन् । सो क्रममा नगरपालिकाको वडा नम्बर १, वडा नम्बर ४, वडा नम्बर ५ मा मास्कर र सेनिटाईजर वितरण गरेको हो । 

एकैदिनमा कमला युवा सँजालका पदाधिकारी तथा सदस्यहरुले गाउँ वस्तीमा पुगेर विपन्न सहित मास्क नभएका वृद्धवृद्धाहरुलाई विशेष केन्द्रीत गरी मास्क वितरण गरेको हो । 

यसका साथै बैँकमा जाने वृद्धवृद्धाहरुलाई मास्क नभएको अवस्थामा मास्क लगाइदिएका छन् । कमला युवा सँजालका अध्यक्ष विमलेश यादवको नेतृत्वमा गएको युवाहरुको समूहले विभिन्न ठाउँमा पुगेर मास्क सेनिटाईजर वितरण गरेको हो । 

अहिलेसम्म उनीहरुले ८००० बढी जनालाई मास्क र ५०० बढी साबुन वितरण गरिसकेका छन् । 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७८ जेठ २६ बुधबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus