महिलाको सुनको सिक्री लुटने दुई युवक स्पोटमै पक्राउ
जानकारी अनुसार, उनका समूह विगतदेखि नै पर्सा जिल्लाका विभिन्न स्थानमा भएका सुनको सिक्री लुट्ने घटनाहरूमा संलग्न भएको खुल्न आएको छ ।

२०७८ जेठ २६ बुधबार, बिहान १०:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश २ को वीरगँजबाट लुटपाट तथा चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
गत बैशाख ७ गते करिब २ बजेको समयमा वीरगँज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने प्रकाश रौनियारको घरबाट ल्यापटप तथा मोबाइल लगायतका धनमाल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।
जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका वडा नं. ६ बस्ने वर्ष १९ को मुन्ना कुमार रामले सो दिन घरमा कोही नभएको मौका छोपी घरमा पसेर समानहरु चोरी गरेको आरोपमा पक्राउ गरिएको हो ।
सोही क्रममा गत सोमबार करिब २ बजेको समयमा पर्सा प्रहरीले उनको घरको खानतलासी लिँदा चोरी भएको डेल कम्पनीको ल्यापटक १ थान, भिभोको मोबाईल एक थान उनले सुत्ने कोठाबाट बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रीतपूर्वक बरामद भएको हुँदा निजलाई तत्काल नियन्त्रणमा लिई मँगलबार चोरी मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।
यस्तै, मँगलबार बीरगँज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने वर्ष ४५ की सकुन्तला मेहताले वीरगञ्ज वडा नम्बर ८ घण्टाघरस्थित तरकारी बजारमा तरकारी किन्दै गर्दा उनले घाँटीमा लगाएको सुनको सिक्री लुट्नेलाई पनि पक्राउ गरिएको छ ।
वीरगँज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष १९ को निरज नट बर्ष १९ को युवराज रायलाई तत्कालै अस्थायी प्रहरी पोष्ट घण्टाघरको टोलीले उनलाई सिक्रीसहित नियन्त्रणमा लिएको थियो ।
जानकारी अनुसार, उनका समूह विगतदेखि नै पर्सा जिल्लाका विभिन्न स्थानमा भएका सुनको सिक्री लुट्ने घटनाहरूमा संलग्न भएको खुल्न आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…