बर्दिवासस्थित अतिक्रमण गरिएको वनको जग्गामा घेरा लगाएर वन लगाइदै
वन क्षेत्र मै मेडिकल निर्माण गर्ने हो भने वरिपरिको यस्ता धेरै वन क्षेत्रमा भूमाफियाको गिद्धे दृष्टि परी थप वन क्षेत्र पुनः अतिक्रमण हुने प्रबल सम्भावना रहेकोले सो ठाउँको विकल्प खोज्न दबाब समेत दिँदै आएको छ ।

२०७८ जेठ २४ सोमबार, बिहान ८:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बर्दिवास । प्रदेश नम्बर २ को महोत्तरी जिल्लाको बर्दिवासस्थित रहेको रमतेलडाँडाको अतिक्रमित वनको जग्गमा पुनः वन लगाउन सुरु गरिएको छ ।
वन अतिक्रमणकरी र भूमाफियाहरु द्वारा बिगतमा रमतेलडांडा सामुदायिक वन अतिक्रमण र बिनास गरिएको ठाउँमा वन लगाउन सुरु गरिएको हो । हालै डिविजन वन कार्यालय महोत्तरीले सो स्थानमा घेराबेरा सहित वृक्षारोपण प्रारम्भ गरेको वनकर्मी एवम् पर्यावरण अभियानी सुरेश शर्माले जानकारी दिए ।
विश्व वातावरण दिवसको अवसरमा बिभिन्न सरोकारवाला निकायहरुलाई आमन्त्रण गरि वृक्षारोपण कार्यक्रम शुभारम्भ गरी सो अतिक्रमित वनकै जग्गामा पुनः वन लगाउन सुरु गरिएको हो ।
वन फडानीमा संलग्न ज्ञात अज्ञात अतिक्रमणकारी र भूमाफियाहरुप्रति खेद प्रकट गर्दै अभियानी शर्माले पुनः हरियाली अभिबृद्धि गर्ने काममा जुटेका डिएफओ बिनोद सिँह, एएफओ राजीशरण यादव, मनोज ठाकुर, मनिराम यादव सहित डिभिजन वन कार्यालयका सम्पूर्ण कर्मचारीप्रति कृतज्ञता प्रकट गरेका छन् ।
वन फडानी गरेर स्विमिङ पुल सहित मेडिकल कलेज निर्माण गर्ने प्रस्तावित वन क्षेत्र नजिकै उक्त फडानी भएको रमतेलडांडा सामुदायिक वन रहेको छ ।
वन क्षेत्र मै मेडिकल निर्माण गर्ने हो भने वरिपरिको यस्ता धेरै वन क्षेत्रमा भूमाफियाको गिद्धे दृष्टि परी थप वन क्षेत्र पुनः अतिक्रमण हुने प्रबल सम्भावना रहेकोले सो ठाउँको विकल्प खोज्न दबाब समेत दिँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…