विद्यार्थी जनमत सँघको रक्तदानमा दुई दर्जनबढीले आफ्नो रक्त दिए
संतोष मधेशीको अध्यक्षता आयोजना गरिएको रक्तदान कार्यक्रममा दुई दर्जनभन्दा बढी व्यक्तिले रत्तदान गरेका छन् ।

२०७८ जेठ २३ आइतबार, बेलुकी ६:३५ बजे१ मिनेट पढाइ

न्युज ब्यूरो, राजविराज । डा. सिके राउत नेतृत्वको जनमत पार्टीआवद्ध विद्यार्थी जनमत संघ सप्तरीले आज गरेको रक्तदान कार्यक्रममा दुई दर्जनबढी जनाले रक्त दिएका छन् ।
प्रदेश नम्बर २ सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आयोजना गरिएको रक्तदान कार्यक्रममा दुई दर्जन बढी जनाले रक्तदान गरेको जनाइएको छ ।
संतोष मधेशीको अध्यक्षता आयोजना गरिएको रक्तदान कार्यक्रममा दुई दर्जनभन्दा बढी व्यक्तिले रत्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी राजविराजको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा विधाथी जनमत केन्द्रीय सदस्य रमेश यादव, गोपाल शरण, कृष्णा देव मण्डल, प्रेम साह, रघुनन्दन यादव, कृष्णा मेहता, महेश यादव, संतोष मधेशी, अञ्जली साह, कृष्णा साहले रक्तदान गरेका छन् ।
यसैगरी संजय मधेसी, कुशेश्वर मण्डल, आनन्द शर्मा, भानु प्रताप शर्मा, जागे कुमार साह, श्रवण शर्मा, नितेश कुमार मेहता, मनोज कुमार यादव, देव नारायण साह, रक्तदान गरेका छन् भने कुन्दन राउत, शिवजी पासवान, चित्रसेन साह, संजय ठाकुर, रामनाथ राम, दिनेश कुमार यादव, शंकर खड्का, अनिल कुमार ठाकुर, देव नारायण शर्मा लगायतले रक्तदान गरेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…