अब डाक्टर वा स्वास्थ्यकर्मीलाई कुटपिट गरे ५ वर्ष जेल र ५ लाखसम्म जरिवाना हुने
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले स्वाथ्स्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् । स्वास्थ्य मन्त्रालयले पठाएको अध्यादेशको मस्यौदामा मन्त्रिपरिषदमा पास हुनु अघि केही संसोधन गरेको पाइएको छ । नेकपा एमालेको स्वास्थ्य विभागले दिएको सुझाव समेत समेटिएको डा कृष्ण अधिकारीले बताए ।

२०७८ जेठ २३ आइतबार, बेलुकी ६:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न समयमा चिकित्सक सहित स्वास्थ्यकर्मीहरु उपर कुटपिट गरेको अधिक घटना हुन थालेपछि स्वास्थ्यकर्मी सम्बन्धी नयाँ अध्यादेश ल्याएको छ ।
अब स्वास्थ्यकर्मीमाथि कुटपिट तथा आक्रमण गरेमा पाँच लाखसम्म जरिवाना र पाँच बर्षसम्म कैद हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेशमा सो व्यवस्था उल्लेख छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले स्वाथ्स्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।
स्वास्थ्य मन्त्रालयले पठाएको अध्यादेशको मस्यौदामा मन्त्रिपरिषदमा पास हुनु अघि केही संसोधन गरेको पाइएको छ । नेकपा एमालेको स्वास्थ्य विभागले दिएको सुझाव समेत समेटिएको डा कृष्ण अधिकारीले बताए ।
अध्यादेश यहाँ डाउनलोड गरी हेर्नुहोस् ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश २०७७.pdf
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…