ओलीजीले मधेशको मुद्दा सम्बोधन गर्नुभयोः मन्त्री भण्डारी
उनले ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम कारबाहीलाई चुस्त र प्रभावकारी

२०७८ जेठ २३ आइतबार, दिउँसो ३:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शरतसिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको माग र मुद्दा सम्बोधन गरेको बताएका छन् ।
जसपाको महन्थ ठाकुर पक्षबाट कामचलाउ सरकारबाट मन्त्री बनेका भण्डारीले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले मधेसको माग र मुद्दा सम्बोधन गरेपछि आफूहरु सरकारमा सहभागी भएको बताएका हुन् ।
जसपाका नेता समेत रहेका भण्डारीले अब ओलीले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल पार्नका निम्ति आफ्नो ध्यान जाने बताए । भण्डारीले भने, ‘जसपा र नेकपा (एमाले) को सहकार्यमा बनेको छ सरकार । हामी सहकार्य गर्न आएका छौँ । हामीले मुख्य माग र मुद्दाको सम्बोधन जसले गर्दछ त्यसलाई हामी मित्र शक्ति मान्छौँ र त्यसैको आधारमा सहकार्य गर्छौ भनेका थियौं, आज ओली नेतृत्वको सरकारले हाम्रो माग, मुद्दालाई सम्बोधन गरेकाले हामीलाई सहकार्य गर्न बाटो खुलेको छ र आज हामी सहकार्य गर्न आएका छौँ ।’
उनले ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडि बढाउने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…