मेरो अभिव्यक्तिलाई मिडियाले बँग्याएर गलत प्रचारबाजी गरयो : मन्त्री महतो 

उनले मिडियाहरुले सोही कुरालाई बँग्याएर गलत प्रचारवाजी गरी उक्साएको आरोप लगाउँदै अन्यथा भ्रममा नपर्न आग्रह पनि गरेका छन् ।

२०७८ जेठ २३ आइतबार
बिहान ०८:३४ बजे
न्यूज ब्यूरो, डेस्क
फाईल तस्विर


न्यूज ब्यूरो, जनकपुरधाम । केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारका नव नियुक्त शहरी विकास मन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई बँग्याएर गलत अर्थ लगाएर गलत प्रचारवाजी गरेको प्रष्टयाएका छन् । 
उपप्रधानमन्त्री समेत रहेका महतोको नीजि सचिवालयद्धारा जारी गरिएको एक प्रेस विज्ञप्तिमा मन्त्रीको सपथ खाएकै दिन मिडियालाई दिएको बहुलराष्ट्र सम्बन्धी अभिव्यक्तिलाई मिडियाले बँग्याएर गलत प्रचारवाजी गरेको बताएका छन् । 

“मैले संविधानको धारा २ मा उल्लेख भए बमोजिम बहजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेष्तायुक्त, भौगोलिक विविधतामा रहेका समान
अ्कांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धि  प्रती आस्थावान रहि एकताको सुत्रमा आवध सवै नेपाली जनता समस्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सवै जात, जाति , वर्ग,समुदाय ,धर्म, लिङ्गको साझा राष्ट्र हो भने आशय व्यक्त गरेको हु ।”– विज्ञप्तिमा उल्लेख छ । 

वर्तमान संविधानमा रहेका असंतुष्टी संवोधन गर्न संशोधनको निम्ति गठित कार्यदलमा आफ्नो धारणा निश्चित रुपमा राख्ने बताउँदै उनले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकता प्रती पुर्ण प्रतिबद्ध प्रष्टयाएका छन्। 

उनले मिडियाहरुले सोही कुरालाई बँग्याएर गलत प्रचारवाजी गरी उक्साएको आरोप लगाउँदै अन्यथा भ्रममा नपर्न आग्रह पनि गरेका छन् ।

  • 0%
  • 20%
  • 0%
  • 0%
  • 0%
  • 1%

यी तीन मुलुकमा पनि हवाई उडान खुल्ला गर्ने तयारी

  • २०७८ जेठ २३ आइतबार

न्यूज ब्यूरो, काठमान्डौं । सरकारले थप केही मुलुकका लागि हवाई सेवा खुला गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा साउदी अरब, यूएई, मलेसियामा उडान खुला

पूरा पढ्नुहोस्

Bureau Menus