मन्दिरमा कन्या पूजन भन्दै सैफी र खातुनले युवति बेच्न भारत लैजाँदै गर्दा बोर्डरबाटै पक्राउ
सीतालाई पनि फँसाएर मानव बेचबिखनकै उदेश्यले अस्गर बिहे गरेको हुनुपर्ने अनुमान गरिएको छ ।

२०७८ जेठ २१ शुक्रबार, बेलुकी ६:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । दुई युवतिलाई मन्दिरमा कन्या पूजनको लागि गएपछि ५० हजार रुपैयाँ दिने भन्दै बेच्न लैजाँदै गर्दा श्रीमानश्रीमति पक्राउ परेको छ ।
छिमेकी मुलुक भारतको बिहार राज्यको जिल्ला पूर्वी चम्पारण थाना पहाडपुर, ग्रामपञ्चायत अहिरओलिया गोदाम वडा नं. ४ ठेगाना भएका वर्ष २७ को अस्गर सैफी र उनकी श्रीमती जिल्ला तनहुँ, दमौली नगरपालिका वडा नं. ५ बस्ने सकिना खातुन भन्ने सीता थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला गोरखा घर भएका वर्ष २० तथा वर्ष २२ का गरी दुई जना महिलाहरूलाई निजहरूकै घरठेगानाबाट जिल्ला बाँकेस्थित नेपालगञ्जमा रहेको एक मन्दिरमा कन्या पूजा गर्न १ घण्टाको लागि कन्याको रूपमा गएबापत ५० दिने भनी ललाइफकाई नेपालगञ्जसम्म ल्याएपछि पक्राउ परेको हो ।
उनीहरुलाई नेपालगँजसम्म ल्याएर पैसा लिन बीरगञ्ज बजार जानुपर्छ भनी झुक्यानमा पारी वीरगँज महानगरपालिका वडा नम्बर १६ स्थित ईनर्वा नाकासम्म पुर्याई पैसा लिन पुनः भारतको बेतिया जानुपर्छ भनी मानव बेचबिखन गर्ने उद्देश्यले सीमा पार गराउन लाग्दा मिति विहिबार पक्राउ परेको हो ।
विहिबार दिउँसो करिब ३ बजेको समयमा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले पीडितहरूको उद्दार गरी बेचबिखनमा संलग्न दुवैजनालाई तत्काल नियन्त्रणमा लिई उनीहरूबिरूद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत कसूर गरेको अभियोगमा अनुसन्धान थालिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…