यो कस्तो समाज ?

प्रदेश २ः दलित युवकलाई सार्वजनिक स्थलमै निर्घात कुटपिट, युवतिलाई लभ लेटर पठाएको आरोप

‘केटीलाई चिठीसिठी पठायो भन्ने कुरा सुन्नमा आएको छ, खास कुरा के हो मलाई पनि थाहा छैन’ उनले भने, ‘ब्यस्त भएकाले राम्रोसँग बुझ्न पाएको छैन ।’

२०७८ जेठ २१ शुक्रबार
दिउसो २:१५ बजे
संजय सहनी, रौतहट

न्यूज ब्यूरो, रौतहट ।  शुक्रबार सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोमा एक युवकलाई डोरीले बाँधेर कुटपिट गरिरहेका छन् । एक पुरुषले उनलाई लठ्ठीले खुटटामा र शरीरमा पिटिरहेको अरु धेरै मानिसले हेरिरहेका छन् ।

कुटाइ खाने युवक रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवान हुन् । कक्षा ११ मा पढ्ने उनलाई बाँधेर कुटपिट गर्ने वडा नम्बर ४ बस्ने किन्सीदेव गिरी हुन् । किन्सीदेवसँगै उनका छोराहरु सन्तोष गिरी, छोटु गिरीलगायतको समूहले बाँधेर पिटेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटना बिहीबारकै भए पनि प्रहरीले अझै घटना बाहिर ल्याएको छैन । दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय युवतीलाई प्रेमपत्र लेखेपछि घटना भएको आफूले सुनेको बताए ।

‘केटीलाई चिठीसिठी पठायो भन्ने कुरा सुन्नमा आएको छ, खास कुरा के हो मलाई पनि थाहा छैन’ उनले भने, ‘ब्यस्त भएकाले राम्रोसँग बुझ्न पाएको छैन ।’

कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पनि घटनाबारे जानकारी पाएको छ । वडाध्यक्ष चौधरीले घटनामा संलग्न दुबै पक्षलाई प्रहरीले बोलाएको छ । ‘म पनि जानुपर्ने थियो, वडाको अनि आफ्नै काम धेरै भएकोले त्यहाँ जान पाएको छैन’ उनले भने ।

यता, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी)  शिद्धिविक्रम शाहले कुटपिटबारे उजुरी परेको बताए । पीडित युवकको स्वास्थ्य जाँच गरिएको र घटनामा संलग्नहरु फरार रहेको एसपी शाहले बताए ।

‘घटनामा संलग्नको खोजी भइरहेको छ, अहिले अनुसन्धानकै क्रममा छौँ, साझसम्म केही आउँला’ एसपी शाहले भने । युवक दलित समुदायको भएकाले गाउँका गैरदलितहरुले कुटपिट गरेको स्थानीयको दावी छ ।


अनलाइनखवरकोसहयोगमा

  • 8%
  • 9%
  • 3%
  • 11%
  • 11%
  • 50%

अश्लिल गीतको नतिजाः भोजपुरी गायक खेसारीलाल उपर मुद्दा दायर 

  • २०७८ जेठ २१ शुक्रबार

न्यूज ब्यूरो, भारत । अश्लिल गीत गाएर चर्चामा आएका भारतको बिहार राज्यका गायक खेसारीलाल यादव विरुद्ध मुद्दा दायर गरिएको छ ।  भोजपुरी फिल्मको सुपर स्टार रहेका खेसारीलालमाथि अश्लिल गीत मार्फत महिलालाई

पूरा पढ्नुहोस्

Bureau Menus