देशको खानीजन्य वस्तु बेचेर तराई मधेश डुबाउन दिँदैनौ : मन्त्री यादव
नदीजन्य पदार्थ निकासी गरी व्यापार घाटा कम गर्ने भन्दै सरकारले जनतालाई मुर्ख बनाउन मात्र खोजेको छ। यस्ता जनविरोधी कार्यक्रम कुनै हालतमा हुन् नदिने चेतावनी पनि उनले दिए ।

२०७८ जेठ १९ बुधबार, दिउँसो ३:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले खानीजन्य वस्तुहरुको निकासी भारतसँग गरी व्यापार घाटा कम गर्ने व्यवस्थाले तराई मधेश डुब्ने बताउँदै कदापी हुन नदिने चेतावनी दिएका छन् ।
जनता समाजबादी पार्टी नेपालको मधेश प्रदेश अध्यक्ष समेत रहेका यादवले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरी बजेटमा व्यवस्था गर्नु जनताको हित विपरीत भएको बताएका छन्।
प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका बेला अध्यादेशमार्फत् ल्याएको बजेटमा अवैधानिक तरिकाले यस्तो कार्यक्रम समावेश गर्नु भनेको जनता र राष्ट्रको हित विपरित रहेको औल्याएका छन् ।
मन्त्री यादवले भने–“हामीले भनेका छौं एउटा मापदण्ड बनाएर बजेटमा समावेश गरेका भए राम्रो हुन्थ्यो तर सरकारले हावाको भरमा अध्यादेशमार्फत् ल्याएको ढुंगा, गिटी र बालुवा निकासी गर्नेकुरा गलत भएको छ।”
नदीजन्य पदार्थ निकासी गरी व्यापार घाटा कम गर्ने भन्दै सरकारले जनतालाई मुर्ख बनाउन मात्र खोजेको छ। यस्ता जनविरोधी कार्यक्रम कुनै हालतमा हुन् नदिने चेतावनी पनि उनले दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…