जनकपुर यातायातमा हाकिमकै मिलोमत्तोमा घुसखोरी
न्यूज ब्यूरो जनकपुरधाम, २४ फागुन । यातायात व्यवस्था कार्यालय जनकपुर एघार महिना देखि प्रमुख विहीन रहेको छ । दैनिक सबभन्दा बढी सेवाग्राही आउने यातायात व्यवस्था कार्यालय लामो समय देखि प्रमुख विहीन हुँदा कार्यालयको कार्यसम्पादनमा समस्या हुने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । कार्यालय प्रमुख अच्यू

२०७४ फागुन २४ बिहीबार, बिहान ८:१६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो
जनकपुरधाम, २४ फागुन ।
यातायात व्यवस्था कार्यालय जनकपुर एघार महिना देखि प्रमुख विहीन रहेको छ ।
दैनिक सबभन्दा बढी सेवाग्राही आउने यातायात व्यवस्था कार्यालय लामो समय देखि प्रमुख विहीन हुँदा कार्यालयको कार्यसम्पादनमा समस्या हुने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
कार्यालय प्रमुख अच्यूतप्रसाद रेग्मी २०७३ चैत्र महिनामा सरुवा भएपछि उनको ठाउँमा गएको वैशाखको पहिलो साता तीर्थराज खनाल हाजिर भएका थिए । तर, उनी आएको लामो समय बितिसक्दा समेत अहिले सम्म एक दिन पनि कार्यालयमा कार्यसम्पादनका लागि आईपुगेका छ्रन् ।
प्रमुख विहीनको अवस्थामा त्यसबेला देखि कार्यालयका शाखा अधिकृत बालकृष्ण हुमागाईं माघ महिना सम्म झण्डै १० महिना निमित्तको जिम्मेवारी सम्हालेका थिए ।
हुमागाईंको गएको माघ महिनाको पहिलो साता सरुवा भएपछि कार्यालयका अर्का शाखा अधिकृत राजन पोखरेल निमित्त प्रमुखको जिम्मेवारी हेर्दै आएका छन् ।
तर, एक वर्ष बित्न लाग्दा पनि अझै कार्यालय प्रमुख तिर्थराज खनाल उपस्थित भएका छैनन् । लामो समय देखि कार्यालय प्रमुख जनकपुर यातायातमा हाकिमकै मिलोमत्तोमा घुसखोरी देखि बिचौलियाहरुको जगजगी, सेवाग्राहीलाई सास्ती विहीन हुँदा पनि कार्यालयका वर्तमान निमित्त प्रमुख राजन पोखरेल कार्यालयको कार्यसम्पादन सहज रुपमै भएको दाबी गरे ।
‘यातायात कार्यालयको कार्यसम्पादन शाखा अधिकृतहरुले गर्ने गर्छन’, निमित्त प्रमुख पोखरेलले भने –‘केही विशेष निर्णय वा कार्य सम्पादनको लागि मात्र प्रमुखको आवश्यकता पर्छ । त्यस्ता निर्णय अहिले सम्म केही गर्नु परेको छैन ।
त्यसैले प्रमुख विहीनको अवस्थामा पनि खासै सेवा प्रवाहमा समस्या आएको छैन ।’ कार्यालय प्रमुख तीर्थराज खनाल हाजिर भएर गएको केही दिनपछि कांग्रेस सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको स्वकीय सचिवको जिम्मेवारीमा थिए, भने अहिले विभागमै हाजिर हुने गरेको कार्यालयकै कर्मचारीहरुले बताएका छन् ।
निमित्त प्रमुख पोखरेल कार्यालयमा सेवाप्रवाह सहज रुपमै भएको दाबी गरेता पनि कार्यालयमा सेवाग्राहीबाट हाकाहाकी घुसखोरी देखि बिचौलियाहरुको जगजगी बढेर सास्ती पाउने गरेको व्यापक जनगुनासो छ । प्रमुख विहीनको अवस्थामा कर्मचारीहरुको मनोमानीको कारण समान्य कामको लागि दौडाधुपदेखि सास्ती खेप्नु परेको धनुषा बटेश्वरका विनोद महतोले गुनासो गरे ।
श्रोतका अनुसार दुई पांग्रे र चारपांग्रे सवारी चालक अनुमतिपत्र वितरणमा मोटो रकमको चलखेल हुने गरेको छ ।
मोटो रकम कार्यालयका कर्मचारीहरुदेखि अहिलेका प्रमुखसम्म पनि कमिसन जाने गरेको श्रोतको दाबी छ ।
यस्तै कार्यालयको कामकाज अझै व्यस्थित भएको छैन । जथाभावी पार्किंङदेखि कार्यालय भित्र थुक्नेसम्मको अवस्थाले कार्यालयको अवस्था दयनीय बनेको छ भनेर आजको न्यूज पेपर दैनिक पत्रिकामा समाचार छापिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…