धनुषाः दुर्गा मन्दिरमा मुर्गा व्यापार !
स्थानीय प्रशासनले कोरोनामा समाजिक दुरी कामय गरी मात्र बजार लगाउन भनिएपनि त्यहाँ कुनै फरक भने परेको देखिदैनन् ।

२०७८ जेठ १४ शुक्रबार, बेलुकी ७:०६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको धनौजी गाउँपालिकास्थित रहेको दुर्गा मन्दिरको प्राँगनमा मुर्गा (कुखुरा) माछामासु विक्री वितरण सुरु भएको छ ।
कोरोनाकालमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको क्रममा धनौजी बजारस्थित बजार लगाउन नदिएपछि सोही स्थित रहेको दुर्गा मन्दिर प्राँगनमा बजार लगाउन थालेपछि माछामासुको विक्री वितरण पनि गर्न थालेका छन् ।
हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको मठ मन्दिर वरिपरी करिब २०० मिटरसम्म मदिरा पसल वा मासुजन्य वस्तुको विक्री वितरण गर्न नपाउने भनिएपनि मन्दिरकै प्राँगनमा गएर केही व्यापारीहरुले मुर्गा, खँसी काटन सुरु गरेको छ ।
स्थानीय प्रहरीले बजार लगाउन नदिएपछि धनौजी गाउँपालिकाका अध्यक्ष बद्रीनारायण सिँह र वडा नम्बर २ का वडाध्यक्ष राजकुमार साहले बजारबाट बजार उठाएर दुर्गा मन्दिरमा लगाउन थालेका छन् ।
.jpg)
धनौजी गाउँपालिकाको वडा नम्बर २ स्थित रहेको दुर्गा मन्दिर प्राँगनमा नै माछामासु बेच्न थालेपछि स्थानीयहरुले विरोध पनि जनाएका छन् । स्थानीय प्रशासनले कोरोनामा समाजिक दुरी कामय गरी मात्र बजार लगाउन भनिएपनि त्यहाँ कुनै फरक भने परेको देखिदैनन् ।
सोही क्रममा धनौजी गाउँपालिकाको वडा नम्बर ५ बहुअर्बास्थित समेत निरन्तर बजारमा भीडभाड देखिएको छ । वडा नम्बर ५ को बहुअर्वा स्थित लाग्ने गरेको तरकारी बजारमा सयौं जनाको भीडले कोरोना र निषेधाज्ञालाई धज्जिया उडाएको छ ।
प्रहरी चौकी देबडिहा (बौहुअर्बा) लाग्ने बजारमा यतिको भीडभाड भएपनि प्रहरी चौकी भित्रै बसेर मुकदर्शक बनेका छन् । स्थानीय प्रशासनले कोरोना सँक्रमण फैलिन नदिएको लागि निषेधाज्ञा लगाएपनि धनौजी गाउँपालिकामा जनप्रतिनीधिहरुको रुवाबले गर्दा झन खतरा बढदै गएको छ । .jpg)
गाउँपालिका अध्यक्ष बद्री सिँह र गाउँपालिकाको विभिन्न वडाका वडाध्यक्षहरुले समेत भीडभाड र बजारको लागि निगरानी नगरी उल्टै प्रश्रय दिएको देखिएको छ ।
यता, वडा नम्बर २ धनौजीस्थित रहेको दुर्गा मन्दिरमा माछामासु बेच्न थालेपछि केही स्थानीयहरुले त्यसको विरोध जनाउँदै बजार लाग्न नदिने पनि अडान लिएका छन् । यस सन्दर्भमा गाउँपालिका अध्यक्ष बद्रीसिँह र वडाध्यक्ष राजकुमार साहसँग सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…