कतार सहित यी ३ देशको हवाई उडान खुल्ला
यसरी चार्टर उडानमा यात्रु ठगिएको गुनासो बढेसँगै अन्तर्राष्ट्रिय उडानमा केही खुकुलो गर्ने निर्णय गरेको उनले बताए ।

२०७८ जेठ १४ शुक्रबार, बेलुकी ६:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । सरकारले केही देशमा सीमित उडान खुला गर्ने निर्णय गरेको छ ।
विहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक पटक हवाई उडान सञ्चालन खुला गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार जुन १ (जेठ १८) देखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनमा साताको एक दिन दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो । कोरोना महामारीको जोखिम बढेपछि अन्तर्राष्ट्रिय उडान बन्द गरेको सरकारले चार्टर उडानका लागि भने अनुमति दिएको थियो ।
यसरी चार्टर उडानमा यात्रु ठगिएको गुनासो बढेसँगै अन्तर्राष्ट्रिय उडानमा केही खुकुलो गर्ने निर्णय गरेको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…