जन्मदिनमा विभिन्न प्रहरी चौकीमा स्वास्थ्य समाग्री वितरण
संयोजक जेसी लोकेन्द्र साहको विशेष रोहबरमा सो स्वास्थ्य समाग्रीहरु वितरण गरिएको थियो ।

२०७८ जेठ १२ बुधबार, बिहान ७:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर अरुणेश्वर खनालले आफ्नो जन्मदिनमा स्वास्थ्य समाग्री वितरण गरेका छन् ।
देशमा कोभिड महामारी चलिरहँदा आफ्नो जन्मदिनको अवसरमा जेसिज खनालले जनकपुरको विभिन्न ठाउँमा रहेको प्रहरी चौकीहरुमा स्वास्थ्य समाग्री वितरण गरेका छन् ।
जनकपुरको रेल्वे प्रहरी चौकी, जानकी प्रहरी चौकी , जिल्ला ट्राफिक प्रहरी कार्यलय, कपिलेश्वर प्रहरी चौकीमा मास्क र ह्याण्ड सेनिटाइजर वितरण गरेका छन् ।
उक्त कार्यक्रममा जनकपुर जेसीजका अध्यक्ष मनोज साह लागायत बोर्डका पदाधिकारीहरु, नेपाल जेसीजका उपाध्यक्ष गौतम साह साथै जेसी अजय कु. प्रसाद , जेसी सुधिर पन्जियार दुई अध्यक्षीय सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।
संयोजक जेसी लोकेन्द्र साहको विशेष रोहबरमा सो स्वास्थ्य समाग्रीहरु वितरण गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…