हंसपुर नगरपालिकाको टोल टोलमा किटनाशक औषधी छर्किदै
नगरपालिकाबाट बजेट बिनियोजन गरि यो कार्य शुरु गर्दा नगरका नागरिकहरुले पनि प्रशँसा गरेका छन् । समाजिक सँजाल सहित अन्य माध्यमबाट नगर प्रमुखको कदमलाई सराहना गरेको हो ।

२०७८ जेठ १० सोमबार, राति ९:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको हँसपुर नगरपालिकाभरिमा किटनाशक औषधि सहित सेनिटाइज कार्य गरिरहेको छ ।
वर्तमान अवस्थालाई मध्यनजर गर्दै कोरोनाको महामारीमा लामखुट्टे सहित अन्य किटाणुहरुलाई परास्त गर्नको लागि किटनाशक औषधी छर्किन सुरु गरिएको नगरपालिकाका मेयर रामज्ञान मण्डलले बताए ।
सो क्रममा वडा नं ८ को भतही उतरतर्फ बाट र दक्षिण वडा नं ९ सोनिगामाबाट एकैपटक दुई समूह गरि छर्किन शुरूवात गरिएको मण्डलले बताए ।
कोभिड–१९ कोरोना भाईरसको महामारीको मध्य नजरगरी रोकथाम गर्न नगरवासीमा विभिन्न किसिमका किराहरु न्यूनीकरणका सोच राखी औषधि छर्किने कार्य सुरुवात गरिएको छ ।
नगरपालिकाबाट बजेट बिनियोजन गरि यो कार्य शुरु गर्दा नगरका नागरिकहरुले पनि प्रशँसा गरेका छन् । समाजिक सँजाल सहित अन्य माध्यमबाट नगर प्रमुखको कदमलाई सराहना गरेको हो ।
यसका साथै, कोरोना भाईरसको महामारी बिरुदमाअ विभिन्न सुविधाहरु व्यवस्थापन गर्दै १० बेडको कोभिड अस्पताल ,१५ बेडको आईसोलेशन सेन्टर अक्सिजन सहित पूर्व तयारीमा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डलले बताए ।
आवश्यकता अनुसार टोल टोलमा पिसिआर चेक जाँच गरिने पनि बताएका छ्न ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…