चार दिनमा १८ सङ्क्रमितको मृत्यु, जिम्मेवार बन्न सात दलको ज्ञापन

प्रतिष्ठानद्वारा सञ्चालित कोभिड अस्पतालमा गत चार दिनका अबधिमा १८  बिरामीको मृत्यु भएको थियो । 

२०७८ जेठ १० सोमबार
बेलुकी ५:३४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई अस्पताल व्यवस्थापन  र  कोभिड सङ्क्रमितका उपचारमा विशेष ध्यान दिन यहाँका सात राजनीतिक दलका प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् । 

उपकुलपति कार्यालय अगाडि आज एक घण्टा  धर्ना दिइ उनीहरुले तत्काल अक्सिजन प्लान्ट मरमत गरी पूर्ण क्षमतामा सञ्चालन गर्न र कोरोना सङ्क्रमितका उपचारमा उच्च प्राथमिकता दिन उपकुलपति डा ज्ञानेन्द्र गिरीसँग आग्रह समेत गरेका छन् ।

यसरी ध्यानकर्षण गराउनुहुने पार्टीमा नेपाली काँङ्ग्रेस, नेकपा (एमाले), नेकपा )माओवादी केन्द्र), जनता समाजवादी पार्टी, संघीय राज्य परिषद, जनमुक्ति पार्टी लगायत रहेका छन् । 

काङ्ग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङले  सङ्क्रमितका  उपचारमा प्रतिष्ठानले ध्यान नदिएको आरोप लगाउँदै उपकुलपतिले अस्पताल व्यवस्थापन गर्न नसकेको बताए । 

प्रतिष्ठानमा प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन गर्ने प्लान्ट भए पनि पूर्ण क्षमतामा सञ्चालनमा हुन सकेको छैन  । प्रतिष्ठानद्वारा सञ्चालित कोभिड अस्पतालमा गत चार दिनका अबधिमा १८  बिरामीको मृत्यु भएको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सन्नु कुमार, ज्ञानु यादव लगायतका गायकहरुलाई 'खेसारी लाल यादव' कै हालत हुन्छ !

  • २०७८ जेठ १० सोमबार

अहिले जताततै डिजे बाजामा बज्ने गीतहरु प्रायः दोहोरो अर्थ लाग्ने खालका गीतहरु सुन्न पाईन्छ । पहिले गायकले गीत गाउँदा मन नपरे कान थुन्नुपर्ने अवस्था थियो भने अहिले नाकभन्दा माथि जान

पूरा पढ्नुहोस्

Bureau Menus