एमालेका पूर्व साँसद नेता 'योगनारायण यादव' को मृत्यू
उनको सहयोगी एमाले युवा नेता शम्भु साहका अनुसार चार दिन अगाडि मात्र उनी आफु स्वस्थ्य हुदै गएको बताएका थिए ।

२०७८ जेठ ६ बिहीबार, बिहान १०:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एमाले पार्टीका एमालेका पूर्व सांसद तथा पोलिटब्युरो सदस्य प्रभावशाली नेता योगनारायण यादवको कोरोना सँक्रमणबाट मृत्यू भएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेबाट प्रभावशाली नेता मानिएको नेता यादवको कोरोनाबाट मृत्यू भएको नेता रामचन्द्र मण्डलले जानकारी दिएका छन् । उनले आफ्नो फेसबुकमा लेख्दै नेता यादवको कोरोना सँक्रमणबाट मृत्यू भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री केपि शर्मा ओलीको विश्वासपात्र मानिएका नेता यादवको कोरोना संक्रमण भई मृत्यु भएको बताइएको छ। यद्यपि उनी मृगौला रोगबाट पिडित भई काठमाण्डौंमा उपचारार्थ थिए ।
मेडिसिटी अस्पतालमा मृगौलाको हप्तामा दुई दिन डायलाशिस गराउने गरेका नेता यादवको मृगौला प्रत्यारोपणका लागि समेत सवैै तयारी पुरा भइसकेको अवस्थामा उनलाई कोरोना संक्रमण भई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
उनको सहयोगी एमाले युवा नेता शम्भु साहका अनुसार चार दिन अगाडि मात्र उनी आफु स्वस्थ्य हुदै गएको बताएका थिए ।
केहि दिन अगाडि कोरोनाको केहि लक्ष्ण सहित स्वास्थ्य अवस्था बिग्रेपछि उनको थप उपचार भइरहेको थियो । प्रधानमन्त्री केपि शर्मा ओली समेत उनको स्वास्थ्य उपचारका विषयमा निरन्तर जिज्ञासा राख्ने गरेको साहले बताए ।
साहले भने, ‘हामी एउटा होनहार नेता र धनुषाको मजबुत पिलर गुमाएका छौं, जातीबादको अहिलेको राजनितिमा योगनारायण दाई सवैलाई मिलाएर अगाडी बढने नेता हुनुहुन्थ्यो ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…