सिरहाको लहान प्रहरीलाई नमस्ते रिकन्डिस हाउसद्धारा ५००० मास्क सहित सुरक्षा समाग्री
मास्क प्रहरीको प्रयोजन सहित आम नागरिकलाई नभएको बेलामा पनि सहयोग स्वरुप प्रयोग गर्न सहयोग गरिने जानकारी दिएको हो ।

२०७८ जेठ ५ बुधबार, बेलुकी ५:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ को सिरहा जिल्लास्थित इलाका प्रहरी कार्यालय लहानलाई सुरक्षा समाग्री प्रदान गरिएको छ ।
सिरहाको लहान बजारस्थित रहेको नमस्ते रिकन्डिसन हाउस लहानका सँचालकद्धय छेदी राई उर्फ (अनिल) र अन्जन दाहालले ५००० मास्क, १० लिटर सेनिटाईजर र २५ पोका ग्लोब्स सहयोग गरेका हुन् ।
विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको नयाँ भेरियन्टको महामारीमा प्रहरीको सक्रियता र जिम्मेवारीलाई मध्यनजर गर्दै सो सुरक्षा समाग्री उपलब्ध गराएको हो ।
सो समाग्री लहानका डिएसपी डा. तपन दाहाललाई बुधबार दिउँसो हस्तान्तरण गरिएको हो । मास्क प्रहरीको प्रयोजन सहित आम नागरिकलाई नभएको बेलामा पनि सहयोग स्वरुप प्रयोग गर्न सहयोग गरिने जानकारी दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…