सर्लाहीमा कोरोनाबाट मृतकको सँख्या २७ पुग्यो, ६० भन्दा बढीको मृत्यू भएको श्रोतको दाबी
त्यस्तो विरामीको मृत्यू उपचारको क्रममा हुने गरेपनि सर्लाही स्वास्थ कार्यलयसंग जारी गर्ने कोरोना सक्रमित मृत्यूको संख्यामा समावेश नहुने गरेको समाजिक अभियन्ता मुकेश मिश्र ले बताए ।

२०७८ जेठ ५ बुधबार, बिहान ९:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा एकैदिन दुई कोरोना सक्रमितको मृत्यू भएको छ । यो संगै सर्लाहीमा कोरोनाबाट मृत्यू हुनेको संख्या २७ पुगेको जिल्ला प्रशासन कार्यलय सर्लाहीले प्रकाशित गरेको कोभिड १९ सम्बन्धि बुलेटिनमा उल्लेख गरिएको छ ।
हरिवन नगरपालिका अन्तर्गत सासापुर स्थित कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना भाईरस संक्रमित महिलाको मृत्यु भएको छ । मंगलबार बिहान सबा १० बजे हरिवन नगरपालिका–११ निवासी ५० वर्षीया महिलाको मृत्यु भएको हरिवन नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
गत वैशाख २९ गते हरिवन नगरपालिकाले परीक्षण गराउँदा कोरोना भाईरस पोजेटिभ देखिएपछि होम आईसोलेसन बसेकी ती महिला श्वासप्रश्वासमा निकै समस्या भएपछि सोमबार साँझ हरिवन नगरपालिकाले सञ्चालन गरेको सासापुर स्थित कोभिड अस्थाई अस्पतालमा भर्ना भएकी थिईन् ।
त्यस्तै हरिवन नगरपालिका–११ निवासी एक पूरुषको मंगलबार नै काठमाडौंमा मृत्यु भएको छ । हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंका अनुसार काठमाडौंमा उपचाररत ती पुरुषमा कोरोना भाईरस देखिएको छ ।
तर सर्लाहीमा कोरोना भाईरसबाट ६० भन्दा बढी मृत्यू भईसकेको जानकारहरुका कथन रहेका छन। स्थानिय स्तरमा घरघरमा कोरोना भाईरस फैलिएको कारण कतिपय कोरोना भाईरससंग मिल्दोजुल्दो लक्ष्ण भएका विरामीहरुको ज्वरो निको नहुनु, श्वासप्रश्वासमा समस्या लगायत स्वास्थमा गम्भीर प्रकृतिको समस्या आएपछि मात्र उपचारका लागि जिल्ला अस्पतालमा नगई आफैखुशि विरगंज, भरतपुर अथवा चितवन जाने गर्दछन, अस्पतालले भर्ना लिनुअघि उनिहरुको पिसिआर जाँच गर्ने र त्यही क्रममा कोरोना पोजेभिट देखिने गर्दछन ।
त्यस्तो विरामीको मृत्यू उपचारको क्रममा हुने गरेपनि सर्लाही स्वास्थ कार्यलयसंग जारी गर्ने कोरोना सक्रमित मृत्यूको संख्यामा समावेश नहुने गरेको समाजिक अभियन्ता मुकेश मिश्र ले बताए ।
त्यसै कारणले कोरोना भाईरसको कारण जिल्लामा अन्दाजी ६० भन्दा बढीको मृत्यू भएपनि जिल्ला प्रशासन कार्यलय सर्लाहीबाट प्रकाशित गरिएको कोरोना भाईरस कोभिड १९ सम्बन्धि बुलेटिनमा २७ मात्र उल्लेख गरिएको छ ।
सोमबार मात्रै सासापुरमै उपचाररत चक्रघट्टा गाउँपालिका निवासी एक कोरोना संक्रमितको मृत्यु भएको थियो । यो संगै अधिकारिक रुपमा सर्लाहीमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या २६ पुगेको थियो तर मँगलबार हरिवन नगरपालिकामा आज दुईजना कोरोना सक्रमितको मृत्यू भएपनि प्रशासनले जारी गरेको बुलेटिनमा एक मात्र समावेश गरि २७ उल्लेख गरिएको छ ।
हरिवन नगरपालिकाको काठमाडौंमा उपचाररत ती पुरुषमा कोरोना भाईरस देखिएपनि स्वास्थ कार्यलयको अधिकारिक तथ्यांकमा भने समावेश गरिएको छैन ।
स्थानिय स्तरमा भएको कोरोना भाईरस सम्बन्धि घटनाहरुबारे स्थानिय सरकारले स्वास्थ कार्यलयमा रिर्पोटिंग गर्नुपर्ने भएपनि सबै स्थानिय निकायले कोरोना भाईरस सम्बन्धि सहि ढंगले तथ्यांक उपलब्ध नगराउँदा समेत स्थानिय स्तरमा कोरोना भाईरसबाट मृत्यू भएका सबैको विवरण हामीसंग उपलब्ध हुन नसकेको स्वास्थ कार्यलय सर्लाही को प्रमुख श्रवण नायकले बताए ।
जिल्लाको स्थानिय स्तरमा कोरोना भाईरस महामारीको रुपमा फैलिएपनि स्थानिय सरकार र प्रशासन कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि जिम्मेवार हुन नसकेको गुनासो समेत गरे ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…