आगलागी हुदाँ २ लाख ७५ हजारको क्षति
आगो के कसरी लगिएको भने खुल्न नआएको, थप अनुसंधान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

२०७८ जेठ ४ मंगलबार, राति ८:०९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा आगलागी हुदाँ २ लाख ७५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
सर्लाहीको बसबरिया ६ सहडोवा स्थितमा बासु साहको परालको टालिमा आगलागीमा हुदाँ स्थानिय रुपलाल साहको घर, साहको गोठमा समेत आगो लागि भई पुर्ण रुपमा जलि नष्ट भएको थियो ।
आगोमा परेर बासु साहको परलको टालि २५ हजार, सोही ठाउँ निवासी रुपलाल साहको १ तले फुसको घर, धान, गहुँ, साईकल, लताकपडा, झ्यालको काठ समेत गरी १ लाख ७५ हजार र बुद्धि साहको फुसको गोठ को अन्दाजी लागत ३५ हजार गरी जम्मा २ लाख ३५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको आगलागीमा कुनै चौपाय तथा मानविय क्षति नभएको, नियन्त्रणमा आएको उक्त आगो के कसरी लगिएको भने खुल्न नआएको, थप अनुसंधान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…