कोरोनाको कहर

प्रदेश २ः कोरोनाले एक उपमेयर सहित दुई वडाध्यक्षको मृत्यू 

उनको शव अहिले अस्पतालमै छ । सरकारले तोकेको मापदण्डको पालना गरी नगरपालिकामै उनको शव व्यवस्थापन गरिने जनाइएको छ । 

२०७८ जेठ ४ मंगलबार
बिहान ०९:५२ बजे
न्यूज ब्यूरो, डेस्क
फाईल तस्विर र साँकेतिक प्रयोजन

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ मा कोरोना सँक्रमणबाट एक उपमेयर सहित दुई वडाध्यक्षको मृत्यू भएको छ । 

मँगलबार बिहानै प्रदेश नम्बर २ को सप्तरी जिल्लास्थित सप्तकोशी नगरपालिकाकी उपमेयर आशा देवी चौधरीको मृत्यू भएको हो । उनको कोरोना सँक्रमणबाट विराटनगर अस्पतालमा उपचारको क्रममा मृत्यू भएको हो । 

कोरोना संक्रमित भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । उनको शव अहिले अस्पतालमै छ । सरकारले तोकेको मापदण्डको पालना गरी नगरपालिकामै उनको शव व्यवस्थापन गरिने जनाइएको छ । 

यस्तै, कोरोना सँक्रमणबाट रौतहट र धनुषामा दुई वडा अध्यक्षको मृत्यू भएको छ । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम ईशवर राय यादवको उपचारको क्रममा ज्यान गएको हो । 

अध्यक्ष यादवलाई  १५ दिनदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरिएको  थियो ।

संक्रमण पुष्टि भएर थप उपचार गराइरहेका  ५५ वर्षिय यादवको स्वास्थ्य अवस्था दिनानु दिन झन जटिल बनेको थियो ।वडा अध्यक्ष यादबको सोमबार  बेलुका निधन भएको गरुडा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले बताए ।

सोही क्रममा धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विनोद कुमार मण्डलको पनि कोरोना सँक्रमणबाट मृत्यू भएको हो । गत शनिबार उनको जनकपुरस्थित चन्द्रकला हस्पिटलमा मृत्यू भएको थियो । उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

फुल लिएर तिम्रो लागि आउनेछु आमा !

  • २०७८ जेठ ४ मंगलबार

हर्ष खुसीको उमङगले नयाँ पाइला टेकोस् । अधुरो सपना नेपालीको मार्ग पाऊन् सफलताले ! चढ्दै शिखर, सागरमाथाको चन्द्र, सूर्यको सम्मान झल्कोस् । नयाँ वर्षमा नेपालीको गरिमा भल्कोस् अँकाश जस्तै व्यापक

पूरा पढ्नुहोस्

Bureau Menus