महामारी नियन्त्रण समितिद्धारा निरन्तर खाना वितरण
निरन्तर पाँचौ दिन खाना वितरण गरेको टिमले आवश्यक परेको ठाउँमा खाना खुवाउने अभियान चलाएको हो । उ

२०७८ जेठ २ आइतबार, राति ८:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महामारी नियन्त्रण व्यवस्थापन समितिद्धारा निरन्तर पाँचौ दिन अस्पतालहरुमा खाना वितरण गरिएको छ ।
युवायुवतिहरुको एक समूह महामारी नियन्त्रण व्यवस्थापन समितिले आईतबार पाँचौ दिन जनकपुरको विभिन्न हस्पिटलहरुमा खाना वितरण गरेको हो । प्रादेशिक अस्पताल जनकपुर सहित अन्य नीजि हस्पिटलमा पनि खाना वितरण गरिरहेको छ ।
समितिका अभियन्ता कैयुम राईन, मनिषा साह, अक्षय, अशोक सहितका टिमले प्रादेशिक अस्पताल जनकपुरको कोभिड वार्ड सहित अन्य वार्डहरुमा विरामी र कुरुवाहरुलाई खाना वितरण गरिरहेको छ ।
निरन्तर पाँचौ दिन खाना वितरण गरेको टिमले आवश्यक परेको ठाउँमा खाना खुवाउने अभियान चलाएको हो । उनीहरुले सुरक्षा समाग्रीहरु समेत वितरण गरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…