प्रादेशिक अस्पताल जनकपुर अगाडी आन्दोलन
राजनीतिक आडमा बानी व्यवहोरा प्रस्तुत गर्दै आएको भन्दै युवाहरुले यसको विरोधमा ४५ मिनेटसम्म अस्पतालकै अगाडी विभिन्न प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए ।

२०७८ जेठ २ आइतबार, बिहान ८:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित रहेको प्रादेशिक अस्पताल अगाडी युवाहरुले अस्पताल प्रशासन विरुद्ध प्रदर्शन गरेको छ ।
शनिबार प्रादेशिक अस्पतालको चरम लापरबाही विरुद्ध र संघिय सरकार , प्रदेश सरकारको गैरजिम्मेवारी विरुद्ध मौन धारण गरी शान्तिपूर्ण आन्दोलन गरेको जनकपुरका गणेश साहले बताए ।
जनता मार्न पाईदैन, अस्पताललाई व्यवस्थित गरी जनतालाई सुलभ दरमा सेवा प्रवाह गर, अतिआवश्यक अक्सिजन र मेडिसिन खोपको व्यवस्था गर, प्रदेश सरकार मदिर मस्जिद भन्दा अस्पताल र स्वास्थ सेवामा बजेट खर्च गर, निशेधाज्ञामा गरिब जनतालाई सहयोग स्वरुप खाधान्न सामग्री र सहयोगी रकम वितरण गर नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।
स्थानीय अगुवा कपिलदेव यादवको अगुवाईमा जनकपुरका युवाहरुले प्रादेशिक अस्पतालमा देखिएको बेतिथिको विरोधमा प्रदर्शन गर्दै अस्पतालको बानी बेहोरा सुधार गर्न मौन प्रदर्शन गरेका हुन् ।
कोरोनाको महामारीमा पनि प्रादेशिक अस्पतालले राजनीतिक आडमा बानी व्यवहोरा प्रस्तुत गर्दै आएको भन्दै युवाहरुले यसको विरोधमा ४५ मिनेटसम्म अस्पतालकै अगाडी विभिन्न प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…