धनुषामा ट्राफिकको 'ट्रिपर टाईम कार्ड' लागू
न्यूज ब्यूरो || धनुषा, २२ फागुन । ट्राफिक प्रहरी धनुषाले ट्रिपरलाई टाईम कार्ड लागु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले मँगलबार (आज) देखि जनकपुर ढल्केबर सडकखण्डमा चल्ने ट्रिपरहरु उपर गति नियन्त्रण गर्नको लागि टाइम कार्ड लागू गरेको हो । धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जनकपुर–ढल

२०७४ फागुन २२ मंगलबार, बेलुकी ७:०५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
धनुषा, २२ फागुन । ट्राफिक प्रहरी धनुषाले ट्रिपरलाई टाईम कार्ड लागु गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले मँगलबार (आज) देखि जनकपुर ढल्केबर सडकखण्डमा चल्ने ट्रिपरहरु उपर गति नियन्त्रण गर्नको लागि टाइम कार्ड लागू गरेको हो ।
धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जनकपुर–ढल्केबर सडक खण्डको मुजेलियामा रहेको अस्थायी ट्राफिक प्रहरी बीटमा टाईम कार्डको डेस्कलाई उद्घाटन गरेका छन् ।
ट्रिपर चालकहरुलाई अत्यधिक गतिमा गाडी नचलाउन सुझाव दिँदै टाइम कार्ड वितरण गर्न सुरु समेत गरेको हो ।
अपेक्षा भन्दा बढी पैसा कमाउने लोभले चालक तथा ट्रिपर मालिकको मिलोमत्तोमा तीव्र गतिमा ट्रिपर चलाउँदा मानवीय क्षति हुने गरेको जनगुनासोको आधारमा धनुषा ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले गति नियन्त्रण गर्न टाईम कार्ड लागु गरेको हो ।
हिजो सोमबार मात्र अत्यधिक गतिका कारण ज १ क २९३ नम्बरको ट्रिपरले किचेर धनुषाको बटेश्वर गाउँपालिका २ भूचक्रपुरको राष्ट्रिय प्राथमिक विद्यालय रमौली टोलका शिक्षक ५० वर्षका हरिनारायण यादवको ज्यान गएपछि कडा जनगुनासो तथा समाजिक सञ्जालहरुमा ट्राफिक प्रहरीप्रतिको गुनासो बढेपछि चौधरीले यस्तो कदम चालेका हुन ।
ट्राफिक प्रहरीले ट्रिपरको गति नियन्त्रण गर्न लगाएको नयाँ निमय अनुसार अब खाली ट्रिपर जनकपुरबाट ढल्केबर जान अथवा आउन एकतर्फी रुपमा एक घण्टा लागाउनु पर्ने छ ।
त्यस्तै निर्माण सामग्री लोड ट्रिपर एकतर्फी आउन अथवा जान डेढ घण्टा समय लाग्नु पर्ने प्रमुख चौधरीले थपे ।
‘यदि तोकिएको समयभन्दा चाँडै ट्रिपर जनकपुर अथवा ढल्केबर पुगेमा तीव्र गतिमा गाडी चलाएको कसुरमा हदैसम्मको कारवाही गर्छौं’, ट्राफिक प्रहरी प्रमुख चौधरीले भन्नुभयो, ‘यदि बीच बाटोमै अत्यधिक गतिमा ट्रिपर चलाउँछ भने हामीलाई खबर गर्नुस्, हामी कारवाही गर्छौँ ।’ यो नियम बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म लागू हुने समेत उनले जानकारी दिए ।
ट्रिपर चालकहरुको मासिक तलम कम भए पनि एक पटक निर्माण सामग्री ओसारेको ५ सय भत्ता गाडी मालिकले दिने गरेका छन् ।
जस अनुसार दिनमा जति ट्रिपर ओसारे त्यति नै फाइदा हुने मनसायले ट्रिपर चालकले अत्यधिक गतिमा गाडी कुदाउने गरेका छन् । यसबाट हुने सडक दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले टाईम कार्ड लागू गरेको छ ।
#उज्यालो र शैलेन्द्र महतोको सहयोगमा |
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…