प्रदेश २ को अस्पतालहरुमा छटपटिदै कोरोना विरामी, राज्यमन्त्री मण्डल शिलान्यासमा व्यस्त 

अस्पताल जस्तो सँवेदनशिल क्षेत्रलाई बिर्सेर, कोरोना महामारी र आवश्यकतालाई बिर्सेर शिलान्यासमै व्यस्त देखिएपछि चौतर्फी आलोचना भएको छ । 

२०७८ बैशाख ३० बिहीबार
बिहान ०८:१५ बजे
सबिन यादव

न्यूज ब्यूरो, सिरहा । कोरोना महामारीमा अक्सिजनको कमीले अस्पतालमा सँक्रमितहरु छटपटाइरहेको बेला प्रदेश २ का मन्त्रीहरु भने मन्दिर मस्जिद नीरिक्षण र शिलान्यासमा व्यस्त देखिएका छन् । 

बुधबार प्रदेश २ का समाजिक विकासमन्त्री नवलकिशोर साह र वन पर्टयन मन्त्री राम नरेश रायले यस्तो भयावह अवस्थामा पनि मन्दिर नीरिक्षणमा व्यस्त देखिएपछि चौतर्फी आलोचना भएकै क्रममा राज्यमन्त्री सुरेश मण्डलले भने तस्विर सार्वजनिक गरेपछि आलोचना भएको छ । 

प्रदेश २ का वन, पर्यटन राज्यमन्त्री सुरेश मण्डलले सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर १ भोक्राहास्थित शिव मन्दिरको निर्माणको लागि शिलान्यास कार्यक्रम गरेपछि उनको आलोचना भएको हो । 

अन्य दिनमा पनि मन्दिर, मस्जिद शिलान्यासमा मात्र व्यस्त देखिने प्रदेश २ का मन्त्रीहरु अहिलेको कोरोनोका भयावह अवस्थामा पनि अस्पताल जस्तो सँवेदनशिल क्षेत्रलाई बिर्सेर, कोरोना महामारी र आवश्यकतालाई बिर्सेर शिलान्यासमै व्यस्त देखिएपछि चौतर्फी आलोचना भएको छ । 

मन्त्री मण्डलले शिलान्यास गरेको ठाउँमा पछाडी बसेका बालबालिकाहरु बिना मास्कको भीड लगाएर बसेको देखिएको छ । सिरहा जिल्लामा समेत कोरोना पिक स्टेजमा रहेको अवस्थामा मन्त्री मण्डलले अस्तपालमा अक्सिजनको जोहो छाडेर शिलान्यासमा व्यस्त देखिएका छन् । 

सो सन्दर्भमा राज्यमन्त्री मण्डलको मोबाइल नम्बर ९८१९६५२३०४ मा सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् । मन्त्री मण्डलसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेनन् । 

प्रदेश २ मा कोरोनाको महामारी जटिल अवस्था बनाउँदै गएको अवस्थामा पनि बुधबार प्रदेश २ का सामाजिक विकास मन्त्री र उद्योगमन्त्री सप्तरीमा मन्दिर निरीक्षणमा व्यस्त देखिए ।

मन्त्रीद्वयले वैरवाको विवाह मण्डप, योगिनियाको वोटानिकल गार्डेन, सोही स्थानको अधुरो राधाकृष्ण मन्दिर र हनुमाननगरको अधुरो राममन्दिरको स्थलगत निरीक्षण गरेको तस्विर र समाचार बाहिरिएपछि चौतर्फी आलोचना खेप्नुपरेको हो । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपाली असोज ३ गते कालो दिवस कसले मनाउने ? 

  • २०७८ बैशाख ३० बिहीबार

सम्पादकीय | उपेन्द्र यादव नेतृत्वको पार्टी सँघीय सरकारमा हुँदा पूर्व राजपा अर्थात राजेन्द्र महतो महन्थ ठाकुर नेतृत्वको पार्टीका कार्यकर्ताहरुले असोज ३ गते कालो दिवस मनाउँदै आएको ज्ञातव्य छ ।  गत वर्ष

पूरा पढ्नुहोस्

Bureau Menus