समाचार प्रभाव

जनकपुर प्रादेशिक अस्पतालबाट नेताकी छोरी, श्रीमति र भाई भतिजोहरु नोकरीबाट हटाइए 

समाचारमा गैर कानुनी नियुक्तीको बारेमा उल्लेख भएपछि मेसू यादवले उनीहरुलाई हटाएको पनि बुझिएको छ ।

२०७८ बैशाख २९ बुधबार
बेलुकी ६:२७ बजे
न्यूज ब्यूरो, डेस्क
फाईल तस्विर

न्यूज ब्यूरो, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरपमा गरिएको राजनीतिक नियुक्तीमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुलाई नोकरीबाट हटाइएको छ । 

प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कुमार यादवले एक सूचना जारी गरी भोलेन्टीयर भनेर नियुक्ती गरिएका चिकित्सक तथा कर्मचारीहरुलाई खारेज गरिएको उल्लेख गरिएको छ । 

गत बर्षको माघ १२ गते टिप्पणी आदेश गरी गरिएको राजनीतिक नियुक्तीलाई डा. यादवले विभिन्न सँचारमाध्यमहरुमा समाचार आएपछि उनीहरुलाई पुनः हटाएको हो । नियुक्तीमा जनता समाजवादी पार्टीका नेताहरुको छोरी, श्रीमति र भाई भतिजोहरुलाई नियुक्ती गरिएको थियो । 

सो क्रममा जनता समाजवादी पार्टीका नेता डा. राम स्वार्थ राय (राय सर) की छोरी डा. सुनिता राय, जसपाका केन्द्रीय सदस्य एवम् पूर्व जिल्ला अध्यक्ष शेष नारायण यादवकी श्रीमति प्रेमा ढकाल सहित अन्य भोलेन्टीयर चिकित्सकहरुलाई खारेज गरिएको हो । 

पत्र गत बैशाख २१ गतेको काटिएको देखिएको छ । पत्रमार कोभिडको दोस्रो लहरमा अस्पतालमा निःशुल्क भोलिन्टीयर पदमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुलाई बैशाख २१ गतेबाट खारेज गरिएको भनेर उल्लेख गरिएको छ । 

उनीहरुलाई करारमा राख्ने सम्बन्धि सूचना नै ननिकालि अर्थात बिना प्रतिस्पर्धा नियुक्त गरिएको थियो । भोलिन्टीयरको लािग नियुक्त गरिएको भनिएपनि उनीहरुको तलब समेत तोकिएको कागजात प्रमाण फेला परेपछि उनीहरुलाई हटाइएको हो । 

अस्पतालमा मेसु डा यादवले उनका भाइ डा. कामेन्द्र यादव (मेडिकल अधिकृत आठौँ, पेडियाट्रिक) र भान्जा सोहनकुमार यादव (एनेस्थेटिक, सहायक पाँचौं) लाई नियुक्ति दिएको टिप्पणी–आदेश पत्र दिएको थियो । 

यस्तै, तत्कालीन समाजवादी नेपाल पार्टीका जिल्ला अध्यक्ष हुँदै प्रदेश सचिव र हाल जनता समाजवादी पार्टीको केन्द्रीय सदस्यसमेत रहेका शेषनारायण यादवकी पत्नी प्रेमा ढकाल (स्टाफ नर्स पाँचौं) र जसपा नेता डा. रामस्वार्थ रायकी छोरी डा. सुनिता राय (मेडिकल अधिकृत आठौँ, गाइनो) लाई नियुक्ति दिइएको थियो । 

निमित्त मेसु डा यादवले गएको माघ १२ गते रमीनकुमार साह (मेडिकल अधिकृत आठौँ, एनेस्थेसिया), डा अजयकुमार साह, डा सुनिता राय (मेडिकल अधिकृत आठौँ, गाईनो), डा लवकुमार साह (मेडिकल अधिकृत आठौँ, पेडियाट्रिक), डा ज्ञानेन्द्र ठाकुर र दिपेन्द्रकुमार यादव (रेडियोग्राफर, पाँचौं) लाई नियुक्ति दिएका थिए ।

सो क्रममा डा. लव कुमार साहले भने आफूहरु भोलिन्टियरमा खटेको र पूर्ण निःशुल्क रुपमा खटेको दाबी गरे । उनले आफूहरुलाई तलब पनि दिएको कुरा न्यूज ब्यूरोमा प्रकाशित समाचारमा मात्र देखेको सुनाए । 

उनले भने, –“यदि हामीहरुलाई तलब दिएको छ भने कोही अरुले खाएको हुनुपर्छ, मलाई तलब दिएको छ भनेर मलाई नै थाहा छैन्, मलाई त नियुक्ती पनि भोलिन्टीयर र निःशुल्क सेवामा गरेको छ ।” नियुक्ती पत्र देखाउँदै उनले भने, मेसु साहबले हामीलाई तलब खुवाएको छ भनेर मलाई नै थाहा छैन तर कागजमा कसरी सेलरीको आयो थाहा नभएको बताए । 

डा. यादवले दिएको नियुक्ती पत्रमा २०७७ साल माघ ०६ गते उल्लेख छ भने टिप्पणी र आदेश माघ १२ गते दिएको उल्लेख छ । टिप्पणी र आदेशभन्दा अघि नै नियुक्ती दिएको देखिएपछि कागजमा गडबड गरिएको हुन सक्ने अनुमान गरिएको छ । 

मेसु यादवले उठाएको टिप्पणी आदेश पत्रमा चिकित्सकहरुलाई ४० हजार रुपैयाँसम्म मासिक तलब दिएको उल्लेख छ । तर, डा. साहले भने स्वीकार गरेनन् । समाचारमा गैर कानुनी नियुक्तीको बारेमा उल्लेख भएपछि मेसू यादवले उनीहरुलाई हटाएको पनि बुझिएको छ । यद्यपी, खारेजीको सूचना कहिले काटिएको भनेर यकिन भएको छैनन् । 

  • 5%
  • 6%
  • 14%
  • 5%
  • 48%
  • 13%

धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा 

  • २०७८ बैशाख २९ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा दिएको छ ।  नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले एक सूचना जारी गर्दै भोली सोमबार माघ ८ गते एक

पूरा पढ्नुहोस्

Bureau Menus