'हामी मेयरको हरजोतुवा होइनौ' : वडाध्यक्ष यादव
न्यूज ब्यूरो || धनुषा, २२ फागुन । धनुषाको कमला नगरपालिकाका वडाध्यक्ष राजकुमार यादवले आफूहरु मेयरको हरजोतुवा नभएको बताएका छन् । कमला नगरपालका वडा नं. १ का वडाध्यक्ष यादवले मेयर गोईतले आफूखुसी कार्यसँचालन गरेको भन्दै विरोध गरेका छन् । उनले भने, 'स्थानीय तह सँचालनको निर्देशिका बमोजिम कुनै पनि बैठक गर्द

२०७४ फागुन २२ मंगलबार, बिहान १०:१३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
धनुषा, २२ फागुन । धनुषाको कमला नगरपालिकाका वडाध्यक्ष राजकुमार यादवले आफूहरु मेयरको हरजोतुवा नभएको बताएका छन् ।
कमला नगरपालका वडा नं. १ का वडाध्यक्ष यादवले मेयर गोईतले आफूखुसी कार्यसँचालन गरेको भन्दै विरोध गरेका छन् ।
उनले भने, 'स्थानीय तह सँचालनको निर्देशिका बमोजिम कुनै पनि बैठक गर्दा कम्तिमा पनि एक साता अघि बैठकमा उपस्थिती सहित बैठकमा गरिने प्रस्तावहरु सहित उल्लेख गरी सुचना जारी गर्नुपरेमा त्यस्तो नगरिएपछि हामी ५ वडाका पाँचै जना वडाध्यक्ष बैठकमा नजाने निर्णय गरयौँ ।'
गत २० गतेदेखि नगर परिषद्को बन्द सत्रको बैठक नगरपालिकाको वर्तमान कार्यालयाम नबसी अन्यै ठाउँमा तोकिए, त्यसमा पनि १९ गतेको राती मात्र केही घण्टा अघि बैठकमा उपस्थितीको लागि मोबाईल फोन मार्फत जानकारी गराइयो उनले न्यूज ब्यूरोसँग भने ।
केही घण्टा अघि मात्र जानकारी गराएमा उपस्थिती हुनैपर्ने भनेर हामी कसैको पछुवा होइनौ की जहाँ भनेपनि, जतिबेला पनि हाजिर हुने उनले थपे ।
'पत्र नकाटेपनि कुनै आपत्ति छैन तर केही घण्टा अघि मात्र जानकारी गराउने अनि उपस्थिति नहुने भनिएपनि बैठक अगाडी बढाउनु भनेको मेयरले आफूखुसी निर्देशिका विपरित, स्थानीय तहको नीति नियम विपरित बन्द सत्रको बैठक अन्य ठाउँमा गरी आफ्नो नगरपालिका कार्यालय सार्ने षडयन्त्रमा लागेको पुष्टि हुन्छ' उनले भने ।
यता, नगरपालिकाका मेयर राम उदगार गोईतले सबै वडाध्यक्षहरुलाई जानकारी गराएपनि उपस्थित नभएको बताए ।
यसका साथै उनले जबसम्म सबै वडाध्यक्ष, वडासदस्यहरु उपस्थित नभए बन्द सत्रको कार्यक्रमहरु अघि नबढाउने पनि बताए ।
सुरक्षाको दृष्टिकोणको कारण बताउँदै मेयर गोईतले नगरपालिकाको कार्यालयमा बैठक नडाकी नगरपालिकाको वडा नं. १ पर्ने दुबरकोट हथलेटवा सशस्त्र क्याम्पभित्र बैठक डाकिएको उनले दाबी गरे ।
यता, उक्त गतिविधिको विरोधमा उत्रेका वडाध्यक्षहरुले भने, सुरक्षाको कडा व्यवस्था नगरपालिकाको कार्यालयमा मिलाउन सक्ने भएपनि नगरपालिका कार्यालय दुबरकोट हथलेटवा सार्ने षडयन्त्र र हुलहुज्जतको दृष्टिकोणले मिथ्या कारण देखाएको दाबी गरेका छन् ।
जबसम्म बन्द सत्रको बैठक माचि झिटकैयामा स्थापित नगरपालिकाको कार्यालयमा नगरे तबसम्म बैठकमा २० औँ जना सहभागी नहुने अडान लिएका छन् ।
'मेयर गोईतले पत्र काटेरै सहभागी भएपनि पत्र काटेर सहभागी गराउने भनेपछि पनि विरोधमा रहेका वडाध्यक्षहरुले पत्र काटेर मात्र होईन की बैठक जबसम्म नगरपालिकाको कार्यालयमा राखिदैन सहभागी हुने छैन ।' उनले भने ।
वडा नं. १ वडाध्यक्ष राजकुमार यादव सहित वडा नं. २ का धनेश्वर यादव, वडा नं. ३ का विशेश्वर यादव, वडा नं. ४ पल्टु कवारी, वडा नं. ८ राजेश्वर मरिक सहितका वडाध्यक्षहरु विरोध जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…